सिमकोट । नेकपा (एमाले)का उप–महासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेससँग गठबन्धन भएको बताउनुभयो ।
नेकपा (एमाले) हुम्लाको दुई प्रशिक्षणका लागि हिमाली जिल्ला हुम्ला पुग्नु भएका उप–महासचिव ज्ञावलीलिे यस्तो बताउनु भएको हो ।
‘देशमा अस्थिरता बढ्यो, भ्रष्टचार बढ्यो, अर्थतन्त्र सिथिल भयो, देश ठूलो संकट र निराशाबाट गुज्रिन थालेपछि एमाले र कांग्रेससँग सहकार्य भएर यो सरकार बनेको हो । अब यो सरकार आगामी चुनावसम्म टिक्छ’, महासभिव ज्ञावलीलिे भन्नुभयो, ‘एमाले अध्यक्ष नेतृत्वको यो सरकार अस्थिरताबाट गुज्रेको देशलाई निकास दिनका लागि बनेको हो । सरकारका निम्ती सरकार बनेको होइन्, सिंहदरवारमा प्रधानमन्त्रीको फोटो थप्नका लागि होइन् । देश संकटमा परेपछि अब दुई वटा पार्टीले मिलेर निकास दिनुपर्छ भनेर सरकार गठन भएको हो ।’
कांग्रेस र एमाले सैद्धान्तिक रुपमा फरक बिचार भएका पार्टीहरु मात्र हाइनन् देशका मूख्य प्रतिस्पर्धी शक्ति भएको उल्लेख गर्नु भएका उप–महासचिव ज्ञावलीले थप्नुभयो, ‘२०४८ सालदेखि सातवटा चुनाव हुदा एक पटक मात्रै माओवादी ठूलो पार्टी भएको छ । अरु बेला कि एमाले पहिलो, कि कांग्रेस पहिलो भएको हुनाले देशको मुख्य शक्तिका रुपमा स्थापित पार्टीहरु हुन् । २०४७ सालदेखि यता विभिन्न संविधान संशोधन र त्यसयताका चुनावहरु मिलेर गराउनुका साथै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि एमाले र कांग्रेस नमिलेको भए संभव थिएन ।’
‘देशका मुख्य राजनीतिक शक्ति एमाले र कांग्रेस हो, कुर्चि परिवर्तनको अस्थिर खेलले देशमा राजनीति प्रति बितृष्णा पैदा भएको बेला राजनीति स्थायीत्व कायम गर्न र निराश बनेका नेपालीमा आशा जगाउन अहिलेको सत्ता गठबन्धन सफल भएको तर्क ज्ञावलीले गर्नुभयो ।
‘एमाले र कांग्रेसको गठबन्धनपछि देशमा सकारात्मक लक्षण देखा परेका छन् । सेयर बजारमा हिरयो बत्ति बलेको छ । वैदेशिक मुद्रामो सञ्चितिकरण पहिलेको भन्दा सकरात्मक हुदैं भएको छ । नराम्रोसँग गिरिेको अर्थतन्त्र लयमा फर्किदै छ । देशमा अब देशमा केही हुन्छ भन्ने जनतामा विश्वास बढेको छ । सहकारीमा ठगिएका पिडितका लागि न्यायका पक्षमा कारबाही शुरु भएको छ, रोकिएका विकास निर्माणका कामले पुनः तिब्रता पाएका छन् । सरकारले आप्mनो कुटनीति सम्बन्धलाई सुदृढ बनाउदैं लगेको छ’ एमाले जिल्ला कमिटि हुम्लाको दुई दिने प्रशिक्षण कर्यक्रमको उद्घाटन शत्रमा उप–महासचिव ज्ञावलीले भन्नुभयो ।
सत्ताको मोह र मन्त्री फेरबदल, पदका लागि लोप गर्नेहरुलाई यो सरकारदेखि जलन भएको दावी गर्नु भएका उप–महासचिव ज्ञावलीले वर्तमान सरकारका बारेमा अहिले फैलाइएको तमाम नकारात्मक भ्रमका पछि नलाग्न कडाइका साथ प्रतिपाद गर्न एमाले नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
हुम्लाको विकासका लागि नेतृत्वसँग कुरा गर्छु
झण्डै एक साता लामो भ्रमणका क्रममा हुम्ला पुग्नुभ एका पुर्वमन्त्री समेत रहनु भएका उप–महासचिव प्रदिपकुमार ज्ञवालील अपार सम्भावना बोकेको हिमाली जिल्ला हुम्लाको विकासका लागि सरकारको नेतृत्व गरिरहेको पार्टी नेतृत्वसँग आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गनुभयो ।
‘हुम्ला जिल्ला विकट होइन्, भौगोलिक विविधतायुक्त जिल्ला हो । हुम्ला संभावनाको खानीको भएको जिल््ला हो । यसलाई अब छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि खार्पुनाथमा बेलिब्रीजका लागि तत्कालै पहल गर्नुपर्ने छ त्यो काठमाडौं फर्कने बित्तिकै म सम्माननीय प्रधानमन्त्री ज्यू र पार्टी नेतृत्वसँग कुरा गर्छु ’ उहाँले भन्नुभयो ।
विकासका हिसावले हुम्ला पछि परेको जिल्ला भएपनि २४ वर्षपछि आफु हुम्लामा पुग्दा धेरै परिवर्तन भएको उल्लेख गर्नु भएका ज्ञावलीले नेपाली भूमि लिमी लाप्चाबाटै आफूले मानसरोवर कैलाशको समेत दर्शन गर्नपाएको खुशी व्यक्त गर्नुभयो ।
‘समग्र हुम्लाको विकनासका लागि कर्णाली कोरिडोर लाइफलाइनका रुपमा रहेको छ । यसको स्तरोन्नती गर्नु, यसलाई उत्तर दक्षिण मार्गका रुपमा विकास गर्ने कुरामा सरकारले प्राथमिकता दिनुपर्छ । यसको पहल कदमी लिन एमाले सदैब तत्पर छ र रहन्छ पनि,’ उहाँले भन्नुभयो ।
नेताले आसन ग्रहण गर्न होइन बीचार प्रबाह गर्नुपर्छ
एमालेको जिल्ला कमिटिमा रहेको नेताले कार्यक्रममा आसन ग्रहण गर्नमा मात्र सिमति नभएर पार्टीको बीचार प्रवाह गर्ने क्षमता राख्न उहाँले निर्देशन दिनुभयो ।
पार्टीको बिधानले जिल्ला कमिटिलाई १० वटा महत्वपूर्ण कामको अधिकार प्रदान गरेको उल्लेख गर्नु भएका उप–महासचिव ज्ञावलीले समग्र जिल्ला पार्टीको नेतृत्व, पार्टी केन्द्रले अघि सारेको समृद्ध नेपालः सुखि नेपालीको दिर्घकालीन लक्ष्य, नेपाली भूमि सुहाउँदो जनताको बहुदलीय जनवादका बारेमा जनतालाई स्पष्ट पार्ने, एमालेको बीचारमा समाहित गर्ने काममा हरेक जिल्ला कमिटि सदस्यले लाग्नु पर्ने निर्देशन दिनुभएका ज्ञावलीले सामाजिक सञ्जालमा एमालेको जिल्ला कमिटि सदस्य भनेर दुइ लाइन लेख्ने, सार्वजनिक कार्यक्रममा आसन ग्रहण गर्नमै सिमिति नहुन हुम्लाका नेता कार्यकर्तालाई निर्देशित गर्नुभयो ।
‘तपाईहरु जिल्ला कमिटिमा हुदैमा एमालेको नेता भएँ । अब चुनावका टिकट वितरण गर्छु । पार्टीमा आएका अवसर म मात्रै लिन्छु, भन्नेमा सिमति नहुनुहोस् जिल्लाभरका अगुवा नेता तथा कार्यकर्ता सहभागि प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै ज्ञावलीले भन्नुभयो,’ शुरुमा एमालेलाई हुम्लाको पहिलो पार्टीका रुपमा स्थापित गराउनुहोस् । हुम्लाको एमालेलाई ७ पालिका र ४४ वटैं वडाका जनताको आशा र भरोशाको केन्द्र बनाउनुहोस् । पार्टीले लिएका नीतिका बारेमा स्पष्ट पार्ने क्षमताको विकास गराउनुहोस् । कुन निर्वाचनमा को उम्मेरदवार बन्ने कुरा तत्कालीक परिस्थितीले टुंगो लगाउँछ ।’
झण्डै एक साता लामो हुम्ला भ्रमणमा हुम्ला पुग्नु भएका ज्ञावलीले नेपाल र चीनको सिमानामा पर्ने नाम्खाको लिमी बाट कैलास कानसरोवरको दूर दर्शन गरेर फर्किनु भएको हो । सोमबारबाट शुरु भएको एकमाले हुम्लाको दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उप–महासचिव ज्ञावली, कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, केन्द्रीय सदस्य राजबहादुर बुढा, प्रदेश अध्यक्ष गुलाबजंग शाह, जिल्ला इन्चार्ज छक्कबहादुरलामा लगायतका नेताहरु हुम्ला पुग्नु भएको छ ।