सिमकोट । नेपाल पत्रकार महासंघ शाखा हुम्लाको अध्यक्षमा राजन रावतलाई पुनः निर्वाचित गर्दै १५ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको छ ।
प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको सर्वसहमतीमा तीनवटै संगठनका पदाधिकारी निर्विरोध भएको जानकारी प्राप्त भएको छ ।
पत्रकारसँग सम्बन्धित संघ संगठनहरुको बैठकले सबै पदहरुमा निर्विरोध निर्वाचित गरेको छ । महासंघ हुम्ला शाखाको अध्यक्षमा राजन रावत प्रेस युनियन, बरिष्ठ उपाधयक्षमा सुरेश परीयार प्रेस चौतारी, उपाध्यक्ष समावेशीमा छपाल लामा युनियन, नन्द सिंह सचिव चौतारी, सह–सचिव खुल्ला पदमराज हमाल चौतारी, सह–सचिव समावेशी भक्तराज ऐडी सेन्टर र कोषाध्यक्षमा मन्दिर सिंह सेन्टरबाट तीन वटै संगठनका सर्वसहमतीमा निर्वाचीत भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै आठ जना जिल्ला कार्य समितिको सदस्यमा निर्वाचीत भएको बताइएको छ । केन्द्रिय प्रतिनिधिमा नवराज महतारा, नृप हमाल र प्रदेश पारषद प्रतिनिधिमा मोतिलाल महतारा रहेको जानकारी प्राप्त भएको छ । हुम्लामा प्रेस चौतारी पहिलो भएपनि सेन्टर, युनियन तीनवटै संगठनको सहकार्य र सहमतीमा निर्वाचित भएका हुन् ।
पदाधिकारीद्धारा सपथ तथा पदभार ग्रहण
सर्वसम्मत निर्वाचित भएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सफथ खुवाउने र प्रमाण पत्र बितरण गर्ने कार्य भएको छ ।
महासंघ मंसीर २८ गते सम्पन्न भएको निर्वाचनबाट सर्वसम्मत चयन भएको टिमलाई प्रमाणपत्र बितरण गर्ने कार्य भएको हो । निर्वाचन सम्पन्न गर्न गठन भएको निर्वाचन मण्डलले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका पुर्वमुख्य मन्त्री जीवनबहादुर शाहीले निर्वाचित टिमलाई सफथ खुवाउने र प्रमाणपत्र बितरण गर्ने कार्य भएका थियो ।
शनिबार जिल्ला समन्वय समितिको सभाहलमा शपथ खुवाउँदै प्रमाण पत्र प्रदान गरिएको जानकारी प्राप्त भएको छ । जिल्ला शाखा अध्यक्षमा राजन रावत पुन अध्यक्षमा दोहोरीनुभएको थियो । भने अध्यक्ष रावत सहितका अन्य पदाधिकारी सर्वसम्मत निर्वाचीत हुनु भएको थिया । यस्तै नेकपा एमाले हुम्लाले सिमकोट माथिल्लो बजारमा रहेको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रेस चौतारी हुम्लाबाट पत्रकार महासंघ शाखामा निर्वाचीत पदाधिकारी सहितका सदस्य लाई सम्मान गरिएको जानकारी प्राप्त भएको छ ।