काठमाडौं । लेखक तथा प्रथम महिला शाक्यले पनि प्रधानमन्त्री ओली जस्तो देशका लागि रातभरसमेत सक्रिय खट्ने मान्छेका बारेमा अनेक अफबाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताउँदै होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा राख्नुुभयो ।
आफूूले नेपाल राष्ट्र बैँकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको स्मरण गराउँदै उहाँले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरुसँग दुःखेसो पोख्नुुभयो । “हाम्रो जीवनशैली समान्य नै हो ।
दुःखी, गरिब र असहायहरुलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक एक हिसाब बुुझाउन म तयार छुु । बालकोटको घर हाम्रो पसिना र मेहनताबाट बनाइएको हो ।’’, प्रथम महिला शाक्यले भन्नुुभयो, “सम्पूर्ण नेपालीले सहजरुपमा लाउन र खान पाउनुुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’’
उहाँले थप्नुभयो ‘हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुझाउन म तयार छु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो । सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको बताएका थिए ।
'हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताबारे कसैले चुनौती दिन सक्दैन, प्रधानमन्त्री ओली थप्नुभयो, मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन । त्यो सबै राधिकाको कमाई र मेहनत हो । त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ । मेरो त सानो हुँदा आफूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ । राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ ।”
