सिमकोट । सर्केगाड गाउॅ पलिकाका पालिका पदाझिकारी र वडा अध्यक्षका लागि एक दिने वाल संरक्षण कार्यशाला सम्पन्न भएको छ ।
गुड नेवर्श इन्टरनेशन नेपाल र किर्डाक नेपालले संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजनाको आयोजना गाउॅपालिकाको सभाकक्षमा सम्पन्न भएको किर्डाक नेपालका जिल्ला संयोजक जनक बुढाले जानकारी दिए ।
गाउॅपालिकाका उपाध्यक्ष देवकी तिमिल्सीना, वडा नम्बर १ देखि ८ सम्मका वटा अध्यक्ष, पालिकाका शाखा प्रमुखहरुको उपस्थतिमा वाल अधिकार, वाल संरक्षण र त्यसको रिफरल संयन्त्रका बारेमा प्रशिक्षक नवराज महताराले सहजिकरण गर्नु भएको संयोजक बुढाले बताए ।
कार्यशालामा प्रशिक्षक मताराले वाल अधिकार र वाल संरक्षणमा भएको नीतिगत व्यवस्था र पालिका स्तरमा गर्नुपर्ने नीतिगत तथा कार्यगत क्रमिक प्रावधानका बारेमा पालिकाका जनप्रतिनिधीलाई प्रष्ट पाक्नु भएको गुड नेवर्श इन्टरनेशनल नेपाल हुम्लाका कार्यक्रम अधिकृत निर्मला बोहराले जानकारी दिइन् ।
'गाउँपालिकाले बाल संरक्षणका क्षेत्रमा गरेका काम, विद्यमान नेपालको संविधान र अन्य कानूनहरुले प्रत्याभूत गरेका बाल अधिकार, बाल संरक्षण र बाल सहभागिताका विषयमा सहजकर्ता महताराले पालिकाका जनप्रतिहरुलाई जानकारी गराउने काम गर्नुभयो', जिल्ला संयोजक बुढाले नेपालवोटसँग भने, 'यसका अलावा वस्ती देखि वडा, वडादेखि पालिका र पालिका देखि माथिल्ला निकायहरुमा गरिने सिफारिस संयन्त्रका बारेमा समेत कानूनी र व्यवहारिक माध्यमका बारेमा समेत छलफल गराउने काम भएको छ ।'
पालिकाको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सर्केगाड गाउँपालिका उपाध्यक्ष देवकी तिमिल्सीनाले पालिकाले भित्ता खोप्ने विकास भन्दा भोलीको समाज निर्माण गर्नका लागि वाल अधिकार संरक्षणका क्षेत्रमा पालिकाले गर्नुपर्ने कामका बारेमा कार्यशालाले निकै धेरै मार्ग निर्देश गरेको प्रतिक्रिया दिइन् ।
'बालबालिकाको क्षेत्रमा नयॅा काम गर्नका लागि आफूहरु तत्पर रहेको उल्लेख गर्नु भएकी तिमिल्सीनाले तत्काल वाल कल्याण अधिकृतको व्यवस्थाका लागि हामीले तत्कालै पहल गर्ने छौं', कार्यक्रमका अध्यक्ष समेत रहनु भएकी उपाध्यक्ष तिमिल्सीनाले थपिन, 'हाम्रो बाँकी रहेको कार्यकालमा भित्ता खोपेर विकास गर्नुभन्दा भोलीका भविष्यका रुपमा रहेका बालबालिकाहरुको सुनौलौ भविष्य निर्माणका लागि कार्यपालिकामा छलफल गरेर आवश्यक नीति निर्माणका लागि कार्यपालिकामा प्रस्ताव लैजाने काम गर्छु ।'
ईलाका प्रशासन कार्यालयका प्रमुख घमानसिंह रावत, वडा अध्यक्ष, पालिकाका शाखा प्रमुख, विद्यालयका शिक्षक र विद्यार्थी सहभागि कार्यक्रममा परियोजनाको आगामी पॅाच वर्षको परियोजनाका लागि वश्यतता पहिचान समेत गरिएको छ ।
सामुदायिक आवश्इकता पहिचान नाम दिइएको शत्रमा गु नेवर्श इन्टरनेशनलका कार्यक्रम अधिकृत निर्मला बोहरा र किर्डाक नेपालका जिल्ला संयोजक बुढाले सहजिकरण गर्नु भएको किर्डान नेपाल सर्केगाड पालिका प्रमुख सजकला ऐडीले बताइन् ।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३ १३:००