सिमकोट । पूर्ण खोप सुनिश्चितताका पालिका घोषणा गर्न हुम्ला जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखा हुम्लाले स्थलगत अनुगमन गरेको छ ।
पालिकाको वडा नम्बर आठ र सात मा रहेका विभिन्न बस्तिहरुमा खोप भेरिफिकेसन सुपरिवेक्षण गरेको जनाएको छ । पूर्ण खोप सुनिश्चितता पालिका घोषणाका लागि स्वास्थ्य शाखा सिमकोटद्धारा अनुगमन गरिएको छ । हरेक वर्ष पालिकालाई यस पुर्ण खोप युक्त पालिका घोषणा गर्नु पर्ने प्राबधान अनुसार वडामा रहेका स्वास्थ्य संस्थाहरुको खोप गतिबिधिको अनुगमन गरिएको हो ।
गाउँपलिक भित्रका बालबालिका छुटेको अमुनगर्दै अनुगमन गरिएको हो । शाखाले दुई वटा वडामा रहेका खोप केन्द्रहरुमा १५ देखि ५९ महिनाका बालबालिकाहरुले पूर्ण रुपमा खोपको मात्रा पूरा भए नभएको बिवरण संकलन गरिएको भएपनि त्यसलाई प्रमाणित गर्नका लागि सरोकारवाला पक्षबाट अनुगमन गरिएको शाखा प्रमुख नरबहादुर भण्डारीले बतााए ।
शुक्रबार पालिकाको वडा नम्बर ७ को चौगानफया र डाँडाफया सहित वडा नम्वर ८ को खोल्सि, स्याँडा र साता स्वास्थ्य चौकीहरुमा अनुगमन गरिएको हो । सरोकारवाला पक्षबाट गरिएको अनुगमनमा सत प्रतिशत सोही उमेर समुहका बालबालिकाले पुर्ण खोप पाएको अनुगमनबाट देखिएको छ ।
पछिल्लो समय नागरिककहरुमा सचेतना बढेसंँगै सबै नागरीकका बालबालिकाहरुले पाउनु पर्ने नियमित खोप कार्यक्रम अन्त्रगतयुक्त् देखिएको अनुगमनले देखाएको छ । सोही खोप लगाउन सकृय रुपमा खटिईने स्वास्थकर्मी, सामूदायिक महिला स्वयंसेविका साथै अन्य सरोकारवाला निकायहरु प्रति आभार व्यक्त गर्दै शाखाका प्रमुख न भण्डारीले आगामी दिनहरुमा पनि यसरी नै लागि रहन अनुरोध गरे ।
पालिकामा भएका बालबालिकाहरुले नियमित खोप पुर्ण रुपमा पाएको देखिदा आफु मात्रै खुसी नभई पालिकाका सोही उमेर समुहका बालबालिका सुरक्षित रहेको उनले बताए । सोही अनुगमनमा स्वास्थ्य शाखाका प्रमुख भण्डारी ,नेपाल प्रत्रकार माहासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावत, स्वास्थ्यकर्मी र, संञ्चारकर्मी लगायतको सहभगितामा अनुगमन गरिएको हो ।