काठमाडौं । चंखेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो । पालिकाकामा भएका ०–५९ महिना सम्मका सबै बालबालिकाले पुर्ण खोप पाएपछि पुर्ण खोप शुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक शुरबिर शाहीले बताउनु भएको छ । पछिल्लो समयमा बालबालिकाका आमाहरुमा खोप लगाउनु पर्ने भन्ने चेतना बढेसँगै सत प्रतिशत बालबालिकाले खोप पाएको बताउनु भएको छ ।

यस अघिका आमाहरु असिक्षित भएका कारण गाउँ घरको स्थानिय परम्परालाई मात्र बढी जोड दिँदै नियमित खोप भन्दा कामलाई ध्यान दिने गरेको भएपनि पछिल्लो समयका आमाहरुले आफुसँगै बालबालिकाको स्वास्थ्यको ध्यान दिने गरेकाले समेत पुर्ण खोप युक्त पालिका घोषणा गर्न सहज भएको बताउनु भएको छ ।
चंखेली गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक प्यारीलाल शाहीले कार्यक्रमका माझ पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु भएको छ । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनु भएको छ । पालिका अध्यक्ष शाहीको अध्यक्षतामा खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनु भएको छ ।
पालिकामा रहेका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनु भएको छ । “राष्ट्रिय खोप तालिका अनुसार पालिकाका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँ पालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्षको चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको जानकारी दिनुभयो । पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि चंखेली गाउापालिको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको र सर्वेक्षणमा पुर्ण खोप युक्त बालबालिका भेटिएपछि घोषणा गरिएको छ ।

सोही कार्यक्रम गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको सभा अध्यक्षतामा, समन्वय सदस्य, उपाध्यक्ष प्रेमकला, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयम सबिका, कर्मचारीका साथै विभिन्न राजनैतिक दलका प्रतीनिधिहरु लगायत विभिन्न वडाका नागरीकहरुको उपस्थिति रहेको थियो । आगामी दिनमा समेत पूर्ण खोपको अवस्था कायम राख्न प्रतिबद्धता व्यक्त गरिएको छ । पूर्ण खोप सुनिश्चितता घोेषणा कार्यक्रममा नृत्य, देउडा लगायतका कार्यक्रम गरी सफतापूर्वक सम्पन्न भएको शाखा प्रमुख शाहले बताउनु भएको छ ।