एजेन्सी । झण्डै एक साता लामो हमला पश्चात अन्ततः भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छ ।
दिनहुँ आणविक लडाई लडिरहेका छिमेकी मुलुक भारत र पाकिस्तान अन्तरािष्ट्रय दवावका कारण आजै अपरान्ह ५ बजेदेखि लागु हुनेगरी युद्ध विराम गर्न सहमत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुई देशले युद्ध विराम गरेको पुष्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत गरेका छन् ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले 'भारत र पाकिस्तान पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमत भएकोू बताएका छन्।
सामाजिक सञ्जालको प्लाटफर्म 'ट्रुथ सोशल'मा एक सन्देश लेख्दै अमेरिकी राष्ट्रपतिले भनेका छन्ः संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ।
'सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेकामा म दुवै देशलाई बधाई दिन चाहन्छु।'
यस्तो सहमति
भारतका विदेशसचिव विक्रम मिसरीले भारत र पाकिस्तान दुवै देशले स्थानीय समयानुसार अपराह्ण ५ बजेदेखि लागु हुने गरी 'स्थल, हवाई र समुद्री हमलाू' रोकेको पुष्टि गरेका छन्।
उनका अनुसार पाकिस्तानका सैन्य कारबाही मामिलाका महानिर्देशकले उनका भारतीय समकक्षीलाई सम्पर्क गरेका थिए र दुवै पक्षले एकअर्कामाथि हमला नगर्ने सहमति जनाएका थिए।
भारतका विदेशमन्त्री एस जयशङ्करले पनि 'भारत र पाकिस्तानले आज गोलाबारी र सैनिक कारबाही रोक्न एउटा सहमति' गरेका हुन्।
'भारतले सबै प्रकार र स्वरूपका आतङ्कवादविरुद्ध दह्रो र कडा अडान निरन्तर कायम गर्दै आएको छ। अनि भारतले त्यस्तो अडान कायमै राख्ने छ,' उनले भने।
दुवै देशबिच वार्ता हुने
अमेरिकाका विदेशमन्त्री मार्को रुबिओका अनुसार भारत र पाकिस्तान 'तत्काल युद्धविराम गरेर कुनै तटस्थ स्थानमा विविध विषयमा वार्ता गर्न सहमत भएका छन्।'
'शान्तिको मार्ग रोजेकोमा हामी प्रधानमन्त्रीद्वय मोदी र शरिफको बुद्धिमत्ता, सावधानी र राजनेताको गुणको प्रशंसा गर्छौँ,' सामाजिक सञ्जाल 'एक्स'मा उनले लेखेका छन्। विविसी