जेष्ठ २३, (एएफपी) साउथह्याम्पटन । रोहित शर्माले नटआउट शतकीय इनिङ्स खेलेपछि विश्वकपको आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध ६ विकेटको जित आत्मसाथ गरेको छ । लगातार तेस्रो हार बेहोरेपछि दक्षिण अफ्रिकाको विश्वकप अभियानमा भने धक्का लागेको छ ।
२ सय २८ रनको विजय लक्ष्य भारतले १५ बलअघि पूरा गर्ने क्रममा ओपनर शर्माले १ सय २२ रन प्रहार गरे । १ सय ४४ बलको सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । एकदिवसीय क्रिकेटमा उनको यो २३ औं शतक हो । धेरै शतक बनाउने भारतीय ब्याट्सम्यानमा रोहित तेस्रो स्थानमा उक्लिएका छन् ।
उनीभन्दा अगाडि कप्तान विराट कोहली ९४१० र महान खेलाडी सचिन तेन्दुलकर ९५१० छन् । शर्माको यो स्कोर जारी विश्वकपमा व्यक्तिगत उच्च स्कोर हो । सुस्त सुरुआत गरेको भारतका ओपनर शिखर धवन ८ रनको स्कोरमा कागिसो राबाडाको बलमा आउट भएका थिए । कप्तान विराट कोहलीले १८ रन बनाएर आउट हुँदा भारत १५।३ ओभरमा ५४–२ को स्थितिमा थियो । चौथो नम्बरमा आएका लोकेश राहुलसँग मिलेर रोहितले ८५ रनको साझेदारी गरी इनिङ्स उकासे ।
राहुल २६ रनमा आउट भएपछि आएका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग मिलेर रोहितले अर्को ७४ रनको निर्णायक साझेदारी गरे । भारतको जित आधार पनि यहीं कोरिएको हो । धोनीले ४६ बलमा ३४ रन जोड्दा २ चौका प्रहार गरेका थिए । चौका प्रहार गरी खेल जिताएका हार्दिक पाण्ड्येले ७ बलमा नटआउट १५ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो राबाडाले २ विकेट लिए ।
यसअघि लेग स्पिनर युजभेन्द्र चाहलले उत्कृष्ट बलिङ गरेपछि टस जितेको दक्षिण अफ्रिकाले ९ विकेट क्षतिमा २ सय २७ रन बनाएको थियो । द रोजबल रंगशालामा ठूलो संख्यामा उपस्थित भारतीय समर्थकलाई खुसी तुल्याउँदै युजभेन्द्रले दक्षिण अफ्रिकाका चार महत्त्वपूर्ण ब्याट्सम्यानलाई आउट गरेका थिए । उनले १० ओभरमा ५१ रन खर्चिए ।
आठौं नम्बरमा ब्याटिङमा आएका क्रिस मोरिसले ४२ रन जोडेपछि दक्षिण अफ्रिकाको इनिङ्स उकासिएको थियो । उनले कागिसो राबाडासँग आठौं विकेटमा ६६ रनको अर्धशतकीय साझेदारी गरे । राबाडाले ३१ रन बनाए । जुन अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङतर्फ उनको उच्च प्रदर्शन हो ।
यसअघिका दुवै खेलमा पराजित दक्षिण अफ्रिकाका लागि यस खेल जित्नैपर्ने थियो । तर जसप्रित बुमराहले दुवै ओपनरलाई आउट गरेपछि सुरुआतमै टोली दबाबमा पर्यो । चाहलले आफ्नो दोस्रो ओभरको पहिलो बलमा २२ रनमा खेलिरहेका रस्सी भान डेर डुसेनलाई आउट गरी तेस्रो विकेटका लागि ५४ रनको साझेदारी तोडेका थिए । त्यही ओभरमा उनले कप्तान फाफ डु प्लेसिसलाई ३८ रनको स्कोरमा बोल्ड गरे ।
अर्का स्पिनर कुलदीप यादवले जेपी डुमिनीलाई ३ रनको स्कोरमै एलबीडब्लू धरापमा पार्दा दक्षिण अफ्रिका ८९–५ को स्थितिमा पुगेको थियो । त्यसपछि डेविड मिलर र एन्डिल फेलुक्वायोले दक्षिण अफ्रिकाको खातामा ४६ रन जोडे । तर चहलले भारतीय टोलीका लागि लगातार सफलता दिलाए । उनले मिलरलाई ३१ र फेलुक्वायोलाई ३४ रनमै पेभेलियन पठाए ।
यसअघि एकदिवसीय वरीयतामा शीर्षस्थानमा रहेका बलर बुमराहले चौथो ओभरमा ६ रनको स्कोरमा हसिम अमलालाई आउट गरे । चोटका कारण अमलाले बंगलादेशविरुद्धको खेल गुमाएका थिए । बुमराहको अतिरिक्त बाउन्स बल सामना गर्ने क्रममा एज लागेर उनी स्लिपमा रोहित शर्माको हातबाट क्याचआउट भए ।
आफ्नो अर्को ओभरमा बुमराहले अर्को विकेट लिए । १० रन बनाएर खेलिरहेका क्विन्टन डी ककलाई थर्ड स्लिपमा रहेका कप्तान विराट कोहलीबाट क्याचआउट गराएर दक्षिण अफ्रिकालाई सुरुमै दबाब दिए । विश्वकपमा अपेक्षित राम्रो सुरुआत गर्न नसकेको दक्षिण अफ्रिका स्टार खेलाडीको चोटसँग संघर्षरत छ । अनुभवी तीव्र गतिका बलर डेल स्टेयन मंगलबार मात्रै प्रतियोगिताबाट बाहिरिएका थिए ।
स्कोर कार्ड
भारत
६ विकेटले विजयी
दक्षिण अफ्रिका
५० ओभरमा २२७र९
क्रिस मोरिस–४२
फाफ डु प्लेसिस–३८
युजभेन्द्र चाहल– ४र५१
जसप्रित बुमराह– २र३५
भुवनेश्वर कुमार– २र४४
भारत
४७।३ ओभरमा २३०र४
रोहित शर्मा– १२२
महेन्द्रसिंह धोनी– ३४
लोकेश राहुल– २६
कागिसो राबाडा– २र३९