ऐजेन्सी । हामी सबैले बितेका दिनमा देशको सामर्थ्य र संयमता दुवै देखेका छौं।
सबैभन्दा पहिले भारतका पराक्रमी सेना, सशस्त्र बल, खुफिया एजेन्सी र वैज्ञानिकलाई भारतको तर्फबाट स्यालुट गर्न चाहन्छु। वीर सैनिकले' अप्रेसन सिन्दुरुको लक्ष्य प्राप्तिका लागि राम्रो प्रदर्शन गरे। उनीहरूको वीरता र साहसलाई देशका हरेक आमा, बहिनी र छोरीहरूलाई समर्पित गर्न चाहन्छु।
२२ अप्रिलमा पहलगाममा आतंकवादीले जुन बर्बरता देखायो। त्यसले भारत र सारा दुनियाँलाई हल्लाइदिएको थियो। छुट्टी मनाइरहेका निर्दोष नागरिकलाई धर्म सोधेर, परिवारका सामुन्ने, छोराछोरीका सामुन्ने क्रुरता हत्या गर्नु आतंकको विभत्स चेहरा थियो। क्रूरता थियो। त्यसले देशको सद्भावलाई बिथोल्ने प्रयास गरेको थियो। मलाई व्यक्तिगत रूपमा पनि धेरै पीडा भयो। त्यसपछि पूरा देश, जनता, समुदाय, राजनीतिक दल एक स्वरमा आतंकविरुद्ध कडा कारबाहीका लागि जागरूक बने। हामीले आतंकवादीलाई माटोमा मिलाउनका लागि भारतीय सेनालाई पूरा छुट दियौं। आज प्रत्येक आतंकी र उनीहरूको संगठनले थाहा पाइसकेका छन्, कि हाम्रा छोरी र बहिनीहरूको सिन्दुर मेटाउँदाको परिणाम के हुन्छ भनेर।
अपरेसन सिन्दुर केवल नाम होइन। यो भारतबासीको भावनाको प्रतीक हो। यो न्यायको अखण्ड प्रतिज्ञा हो। ६-७ मेमा पूरा विश्वले यो प्रतिज्ञालाई परिणाममा बदलेको देखेका छन्।
भारतीय सेनाले पाकिस्तानमा रहेको आतंकी ठेगानामा, उनीहरूको प्रशिक्षण केन्द्रमा सटिक प्रहार गरे। आतंकीहरूले सपनामा पनि सोचेका थिएनन् कि भारतले यति ठूलो फैसला लिन सक्छ। जब देश एकजुट हुन्छ। देश पहिलो भन्ने भावना जाग्छ। त्यतिबेला एउटा ठोस निर्णय लिइन्छ र परिणाम ल्याएर देखाइन्छ।
जब पाकिस्तानको आतंकी अड्डामा भारतीय मिसाइलले आक्रमण गर्यो, भारतय ड्रोनले आक्रमण गर्यो, आतंकी संगठनमात्र होइन, उनीहरूको हौसला पनि काम्न थाल्यो। पाकिस्तानको भावलापुर र मुरिदजस्ता ठाउँ त विश्व आतंकीको विश्वविद्यालय न हो। संसारमा जहाँ पनि आतंकवादी आक्रमण भएको छ, चाहे त्यो ९र११ होस्, लन्डन विस्फोट होस् या पछिल्ला दसका भारतमा भएका आक्रमण होस्। सबैको तार कहीँ न कहीँ आतंकीको यही ठेगानामा जुडेका छन्।
आतंकीहरूले हाम्रा बहिनीहरूको सिन्दुर उजाडेका थिए। भारतले आतंकक हेडक्वाटर नै उजाडी दिए। भारतको यो आक्रमणमा १०० भन्दा बढी खुंखार आतंकवादी मारिए। पछिल्ला दुई तीन दसकदेखि आतंकवादीहरू पाकिस्तानमा घुमिरहेका थिए। भारतविरुद्ध षड्यन्त्र गर्दै आएका थिए। भारतले उनीहरूलाई एक झट्कामा खत्तम गरदिए।
भारतीय कारबाहीले पाकिस्तान घोर निराशामा डुबेको थियो। ऊ हतास भइसकेको थियो। आत्तिसकेको थियो। यही कारण उसले अर्को दुस्साहस गर्यो। आतंकविरुद्ध साथ दिनुको सट्टा भारतमाथि नै आक्रमण गर्न थाल्यो। पाकिस्तानले हाम्रो स्कुल, कलेज, गुरुद्वार, मन्दिर र सामान्य नागरिकको घरमा निशाना बनायो। पाकिस्तानले हाम्रो सैनिक अड्डामा निशाना बनायो। तर सबैतिर ऊ फेलियर भयो।
पाकिस्तानका ड्रोन र मिसाइल भारतसामु कसरी निरी बन्यो भनेर संसारले हेरे। भारतको एयर डीफेन्स सिस्टमले पाकिस्तानी प्रहारलाई आकाशमै नष्ट गरिदियो। भारतले पाकिस्तानको छातीमा प्रहार गर्यो। भारतको ड्रोन र मिसाइलले सटिकताका साथ आक्रमण गर्यो। पाकिस्तानको वायुसेनाको एयरबेसलाई नोक्सान पुर्यायो। जे कुरामा पाकिस्तानको घमन्ड थियो, भारतले पहिलो तीन दिनमै त्यसलाई विनाश गरिदियो।
भारतको आक्रामक कारबाहीपछि पाकिस्तानले बाँच्ने बाटो खोज्न थाले। पाकिस्तानले तनाव कम गर्न संसारलाई गुहार्न थाले। नराम्रोसँग चुटिएपछि १० मेमा पाकिस्तानी सेनाले हाम्रा डीजीएमओलाई सम्पर्क गरे। तबसम्म हामी आतंकवादको संरचनालाई ध्वस्त पारिसकेका थियौं। आतंककारीहरू मारिएका थिए। पाकिस्तानको मुटुमा बस्ने आतंकी अड्डालाई खण्डहर बनाइदिएका थियौं।
जब पाकिस्तानबाट गुहार लगाइयो र भनियो, अबदेखि कुनै आतंकी र सैन्य दुस्साहस देखाउँदैनौं। त्यसपछि मात्रै भारतले पनि विचार गर्यो। म फेरि दोहोर्याउन चाहन्छु, हामीले अपरेसन सिन्दुरलाई स्थगितमात्र गरेका छौं। पाकिस्तानको प्रत्येक कदमलाई हामीले नियालिरहेका छौं। उसको व्यवहारअनुसार नै हामी अगाडि बढ्नेछौं।
भारतका तीनवटै सुरक्षा निकाय, एयर फोर्स, हाम्रो नेभी, हाम्रो सीमा सुरक्षा बल र भारतको अर्धसैनिक बल लगातार अलर्टमा छन्। सर्जिकल स्ट्राइक र एयर स्ट्राइकपछि अब अप्रेसन सिन्दुर आतंकविरुद्ध भारतको नीति हो। अप्रेसन सिन्दुरले आतंकविरुद्धको लडाइँमा एउटा नयाँ बाटो तय गरेको छ। भारतमाथि कसैले आतंकी आक्रमण गरे त्यसको कडा जवाफ दिन्छौं भनेर। हामी आफ्नो तरिका र शर्तअनुसार जवाफ दिएरै छाड्छौं। प्रत्येक त्यस ठाउँमा पुगेर कारबाही गर्नेछौं, जहाँबाट आतंकको जड निस्किन्छ।
दोस्र कुरा, कुनै पनि न्युक्लियर ब्लाकमेललाई भारतले सहने छैन। न्युक्लियर ब्लाकमेलबाट पलाएको आतंकलाई भारतले सटिक र निर्णायक प्रहार गर्नेछ। तेस्रो कुरा, हामी आतंकवादलाई कुनै पनि कुरासँग जोडेर हेर्दैनौँ। अपरेसन सिन्दुर अभियानका दौरान संसारले पाकिस्तानको घिनलाग्दो सत्य देखेका छन्, मारिएका आतंककारीहरूलाई कसरी पाकिस्तानी सेनाका सेनाका उच्च अधिकारीहरू लाइन लागेका थिए। स्टेट स्पोन्सर आतंकवादका बारेमा यो ठूलो सबुत हो।
हामी भारत र आफ्ना नागरिकलाई कुनै पनि खतराबाट बचाउनलाई लगातार निर्णायक कदम उठाउनेछौं। युद्धको मैदानमा हामीले सधैं पाकिस्तानलाई धुलो चटाएका छौं। हामीले मरुभूमि र पहाडमा आफ्नो क्षमताको सानदार प्रदर्शन गर्यौ। ुन्यु एज वारुमा पनि आफ्नो श्रेष्ठता सिद्ध गर्यौं। यो अपरेनसनका दौरान मेड इन इन्डिया हतियारले पनि प्रमाणित गरेको छ। २१औं शताब्दीमा अब मेड इन इन्डिया डीफेन्स सिस्टमको समय आइसकेको छ। यो युग युद्धको होइन। तर, यो युग आतंकवादको पनि होइन। आतंकविरुद्ध शून्य सहनशीलता नै राम्रो संसादरको ग्यारेन्टी हो।
पाकिस्तानी सेना र पाकिस्तानी सरकारले जसरी आतंकवादलाई दाना पानी दिइरहेका छन्, एकदिन त्यसैले पाकिस्तानलाई समाप्त पार्ने छ। पाकिस्तनलाई बच्नु छ भने उसले आफ्नो आतंकी संरचनालाई सफाई गर्नैपर्छ। शान्तिको बाटोमा आउनैपर्छ। भारतको मत एकदम स्पष्ट छ। आतंक र वार्ता एकसाथ हुने छैन। आतंक र ट्रेड एकसाथ चल्ने छैन। पानी र रगत पनि एकसाथ बहने छैन।
म आज विश्व समुदायलाई पनि भन्दैछु, यो हाम्रो घोषित नीति हो, यदि पाकिस्तानसँग कुरा भयो भने आतंकविरुद्ध नै हुनेछ। यदि कुरा भयो भने पाक अकुपाइड कश्मीरमाथि नै हुनेछ। आज बुद्ध पूर्णिमा हो। भगवान बुद्धले हामीलाई शान्तिको बाटो देखाएका छन्। तर, शान्तिको मार्ग पनि शक्ति भएर जान्छ। हामी सबै मानवता, शान्ति र समृद्धितर्फ बढौं। सबै भारतीय शान्तिले बाँच्न पाउन्। विकसित भारतको सपना पूरा गर्न पाउन्। भारत शक्तिशाली बन्न जरुरी छ। आवश्यकता परेपछि यो शक्तिलाई प्रयोग गर्न पनि जरुरी छ। पछिल्ला केही दिनमा भारतले यही गरेको छ। म एकपटक फेरि भारतीय सेना र सशस्त्र बलको स्यालुट गर्छु। हरेक भारतीयप्रति नमन गर्न चाहन्छु।