काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज देखी काठमाडौंमा अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’का क्रममा नेपाल आएका अन्तरािष्ट्रय प्रतिनिधि मण्डलसँग भेटघाटमा व्यस्त रहनु भएको छ ।
हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा सगरमाथा संबाद कार्यक्रम सुरू गरिएको संवादमा सहभागि हुन आएका विभिन्न देशका प्रतिनिधिहरुसँग बिहानै देखि भेटघाटमा व्यस्त देखिनु भएको छ ।
विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष मार्टिन रायसरसँग भेट
बिहान प्रधानमन्त्री ओलीसँग विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकता आदि विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर उकास्नक बैँकले गर्दै आएको महत्वपुर्ण सहयोगको प्रशंसा गर्दै उचित राजस्व परिचालन र विकासका खर्चका लागि प्रभावकारी व्यवस्थापन सरकरको प्राथमिकता रहेको सुनाउनुुभयो । उहाँले उत्पादन र उत्पादकत्ववृद्धिका लागि थालेका काम सक्ने नति अनुुरुप आगामी बजेटबाट समयमा परियोजनाहरु सम्पन्न गर्ने गरी प्रबन्ध गरिने अवगत गराउनुुभयो । उपाध्यक्ष रायसरले बैँकको सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दै वातावरणीय मुद्धामा प्राथमिकता दिएर नेपालले सगरमाथा संवादको आयोजना गरेकामा सफलताको कामना गर्नुभयो ।
बैँकले नेपालमा यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत १९ क्षेत्रमा गरी दुुई मिलियन अमेरिकी डलरको लगानी गरेको छ । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाल रिमाल, आर्थिक विकास सल्लाहकार डा युुवराज खतिवडा, बैँकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागी हुनुुहुुन्थ्यो ।
बंगलादेशका समाजकल्याणमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुुर्सिदले आज शिष्टाचार भेट गर्नुभएको छ ।
नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुुभएका मुर्सिदले प्रधानमन्त्री निवास, बालुुलाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । भेटका अवसरमा दुुई देशबीच रहँदै आएको आपसी र मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुुहुुथ्यो ।

प्रधानमन्त्री ओलीले बिहिबार चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डल र संयुुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिह अलिस्जाहबानासँग सिष्टाचार भेटघाट गर्नु भएको थियो ।
घभेटका क्रममा प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धिका लागि चीनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गर्नुभएको थियो।
नेपाल र चीनबीच लामो समयदेखि मित्रवत र समस्यारहित एवं हार्दिक सम्बन्ध रहीआएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा तीव्ररुपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रशन्न रहेको बताउनुभएका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको उल्लेख गर्नुभयो ।

यसैगरी बिहिबारै संयुुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिह अलिस्जाहबानाले आज शिष्टाचार भेट गर्नुभएको थियो ।
भेटका अवसरमा अलिस्जाहबानाले नेपालले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादको सफलताको कामना गर्दै वातावरणीय मुद्धामा नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने विश्वास दिलाउनुुभयो ।
