सिमकोट । नेपाली कांग्रेसले २०७९ मंसिर ४ गतेको प्रदेश सभा निर्वाचनमा बागी उम्मेरदा बनेका हुम्लाका नेता मंगलबहादुर शाहीलाई कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
कांग्रेस माओवादी गठबन्दनका उम्मेरदवारका विरुद्ध जेब्रा चुनाव चिन्ह लिएर हुम्लाको प्रदेश निर्वाचन क्षेत्र १ बाट बागी उम्मेरदवार बनेका शाहीलाई जिल्ला कार्यसमिति र जिल्ला अनुशासन समिकिो सिफारिसमा यस अघी गरिएको कमरबाही फुकुवा गरेको हो ।
समितिको चलानी नम्बर ६८ को पत्र जिल्ला पार्टी सभापतिलाई लेखेको केन्द्रीय अनुशासन समितिले पार्टीको बिधानको धारा ३४ अनुशार यस अघि कारबाही गरिएको भएपनि निज शमहीले पार्टीमै रहेर काम गर्ने भनी लिखित निवेदन दिएका कारण कारबाही फुकुवा गरी यसअघिकै पदमा बहाली गर्न जिल्ला कार्य समितिलाई निर्देशन दिएको छ ।
पार्टीको जिल्ला कार्यसमिति हुम्लाको अनुशासन समितिले समेत २०८० मंसिर २७ मैं कारबाही फुकुवा गर्न गरेको सिफारिसका आधारमा पनि शाहीलाई कारबाही फुकुवा गरेको बताइएको छ ।
आफूले टिकट नपाएको भन्दै शाहीले पार्टीकै निर्णय बिरुद्ध एमालेको एक पक्षसँग मिलेर बागी उम्मरदारी दिएका थिए ।
प्रदेश निर्वाचन क्षेत्र १ मा कांग्रेस मओवादीका उम्मेरदवार रणसिंह परियारले ६४८१ मत ल्याएर बिजयी भएका थिए भने निकटतम प्रतद्धन्द्धीका रुपमा शाहीले ४६३० मत ल्याएका थिए ।
पाँच जना उम्मेरदवार भएको उक्त निर्वाचन क्षेत्रमा एमालेका दल फडेराले २०९८, समाजवादीका हस्तबहादुर शाहीले ७८५मत प्राप्त गरेका थिए ।
कांग्रेस अनुशासन समिति सदस्य सञ्जय गौतमले विगतका निर्वाचनमा बागी उम्मेदवार, पार्टीको आधिकारिक तथा गठबन्धनका उम्मेदवारलाई असहयोग गरेर कारबाहीमा परेकाहरूको विषयमा कारबाही फुकुवाका विषयमा समीक्षा गरेर निर्णय गरेको बताए ।
‘सत्तागठबन्धन फेरिएपछिको अवस्थामा पार्टी नेतृत्वसँगको समन्वयमा सबै विषयमा समीक्षा सहित निर्णय भएको हो’ उनले भने, ‘कारबाहीमा परेका साथीहरूलाई अब आगामी दिनमा सच्चिने अवसर पनि हुनेछ ।’

यसैगरी अनुशासन समिति सचिव प्रेम केसीका अनुसार समितिमा देशैभरबाट परेका १३ सय उजुरी छानबिनका क्रममा थिए । जसमा केन्द्रीय सदस्यदेखि तल्लो तहसम्मका नेता कार्यकर्ता छन् । ‘समितिमा परेका उजुरी खोलेर हेरिसकिएको छ । प्रमाणमाथि छानबिन भइरहेका छन् । आवश्यक परेका प्रमाणका लागि सम्बन्धित जिल्ला कार्यसमितिमा लेखी पठाएका पनि छौँ,’ उनले भने । अनुशासन समितिले कारबाही सिफारिस गरेका केन्द्रीय सदस्यहरूमा काभ्रेका मधु आचार्य र गणेश लामा छन् । उनीहरूमाथि निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाही सिफारिस भएको छ, तर कारबाही भएको छैन ।
समितिका एक सदस्यका अनुसार कारबाही सिफारिस भएका केन्द्रीय नेताहरूको विषयमा प्रमाण पर्याप्त छैन । ‘उजुरी परेका कुनै पनि केन्द्रीयस्तरका नेताहरूको विषयमा प्रमाण पुगेको छैन । समिति बैठकले सोहीअनुसार निर्णय लिनेछ,’ ती सदस्यले भने । यसअघि कारबाहीमा परेका चितवनका केन्द्रीय सदस्य दिनेश कोइरालालाई गत उपनिर्वाचनका क्रममा कारबाही फुकुवा गरिएको थियो ।