काठमाडौं । नेकपा एमालेको सचिव एवं प्रतिनिधी सभाका सदस्य योगेश भट्टराईले ‘कुलिङ अफ पिरियड’का बारेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै छानविनको दायरामा ल्याउनु पर्ने बताउनुभएको छ ।
दाहालले हिजो एउटा कार्यक्रममा यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली माथी छानविन गर्नुपर्ने अभिव्यक्ति दिए पछि त्यसको कडा प्रतिवाद गर्दै भट्टराईले दाहाल छानविनको दायरामा आउनु पर्ने आधार समेत प्रष्तुत गर्नुभएको छ ।
दाहाललाई सम्बोधन गर्दै भट्टराईले संघीय निजामति सेवा गठन,सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थ गर्न बनेको बिधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रधानमन्त्री लक्षित अभिव्यक्ति दिएको गम्भिर ध्यानआकर्षण भएको भट्टराईले उल्लेख गर्नु भएको छ । उहाँले पूर्वप्रधानमन्त्री समेत रहनु भएका दाहाल यस प्रकरणमा तीन वटा कारणले दाहाल माथी छानविन गर्न माग गर्नु भएको छ ।
‘२०८० फागुन ११ गते संसदमा यो विधेयक दर्ता भएको बेला तपाईं नै प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाईंकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले यो विधेयकलाई संसदमा पेश गर्न स्विकृति दिएको हो’ भट्टराईले लेख्नु भएको छ ‘जसमा कुलिङ अफ पिरियडको कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाईं कुलिङ अफ पिरियडको पक्षमा हुनुहुन्थेन । ’ भट्टराईले दाहाललाई सोध्नु भएको छ ‘आज बिपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?’
दाहाल प्रतिनिधीसभा राज्य व्यवस्थ समितिको बरिष्ठ सदस्य भएको स्मरण गरांउदै भट्टराईलले सोही समितीले कुलिङ अफ पिरियड राख्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ । ‘तर समितीको प्रतिवेदन संसदमा पेश गर्दा यो व्यवस्थलाई किन तलमाथी गरियो ? समितीको बरिष्ठतम् सदस्यका हैसियतले तपाईंमाथी नै नैतिक प्रश्न उठ्छ हैन र ?’ भट्टराईले लेख्नु भएको छ ‘अनि छानविन तपाईं माथी नै गर्नुपर्ने हो कि ?’
यस्तो छ, भट्टराईले लेखेको स्टाटस
कमरेड पुष्पकमल दाहालज्यू
लालसलाम !
तपाईंले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबीन गर्नु पर्ने भनेर मंतव्य दिनु भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । निम्न विषयमा तपाईको ध्यानाकर्षण सहित जवाफको अपेक्षा गर्दछु ।
१. हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नु पर्छ भन्ने पक्षमा छौ र यो विषयको संशोधन हामीले सांसदहरू नै राखेका हौ । आज पनि हामी यो अड़ानमा कायम छौ ।
२. तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यंग्य गर्नु भएछ । तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा “प्रचण्ड” अड़ानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसदमा बिधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुँथ्यों र तपाई कै अध्यक्षतामा बसेको मंत्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो । जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेंचमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्योरु सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस शुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस ।
३. प्रतिनिधिसभाको राज्य ब्यबस्थ तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख़्ने निर्णय गरेको थियो । तर समितिको प्रतिबेदन संसदमा पेश गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो रु समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होईंन ररु अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो कीरु आफनै बोली आफैलाई गलापासो नहोस ।