सुर्खेत । नेकपा (एमाले) का कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले आगामी २०८४ सालमा पार्टीलाई निर्णायक शक्ति बनाउनुको विकल्प नभएको बताउनु भएको छ ।
देशले लिएको 'समृद्द नेपालः सुखि नेपाली'को दिर्घकालिन लक्ष्य पूर्तिका लागि आसन्न निर्वाचन मार्फत एमालेलाई निर्णायक शक्ति बनाउनु पर्ने भएकाले सम्पूर्ण पार्टीपंतिलाई त्यसै अनुशार लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनु भएको हो ।
एमाले स्थाी कमिटि सदस्य समेत रहनु भएका इन्चार्ज बोगटीले कर्णाली प्रदेश राजधानी सुर्खेतमा पार्टीका कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिनु भएको हो ।
ईन्चार्ज बोगटीले पछिल्लो पटक पार्टीले लिएको सिद्धान्त, विचार, नीति,कार्यक्रम, व्यबहार र नेतृत्व सही सावितहुँदै गएका कारणलेनै आम नेपालीको भरोसा एवम् रोजाइको पार्टी बन्न एमाले सफल भएको उल्लेख गर्दै उहॅाले एमालेले लिएको नीति र लक्ष्य पुरा गर्नका लागि भोटका माध्यमबाट पहिलो शक्ति बनाउनु पर्नेमा जोड दिनुभयो ।
'पार्टी भित्रैका केही ब्यक्ति दक्षिणपन्थी अवसरवादको रसातलमा फस्ने गरेका तथा महत्वाकांक्षा, पदलोलुपता, रिष, आवेग र आग्रहको चपेटामापर्दै गर्दाको परिणामस्वरूप एमालेले पटक-पटक फुट तथा बिभाजनको पीडा पनि भोग्दै आउनु परेको तथ्य हामी सबैलाई जगजाहेर भएकै बिषय हो,' उहॅाले भन्नुभयो, 'फुट र बिभाजनका कारण क्षेणिक समय पार्टीले र सिङ्गो देशले केही नोक्सानी ब्यहोर्नु परेको भएता पनि राजनीतिक इतिहासमा पार्टी बिभाजनकोनको गलत कार्य कहिल्यै पनि सत्य सावित हुन सकेको छैन ।'
नेकपा (एमाले) लाई फुटाएर बैकल्पिक शक्ति निर्माण गर्ने दिवास्वप्ना देखेर पार्टीलाई फुटाउन गरिएका गलत हर्कत कहिल्यै पनि सही सावित हुन नसकेको बताउदै इन्चार्ज बोगटीले हिजो पार्टीको शिर्ष स्थानमा रहिसकेका केही नेताहरु पार्टी बिभाजनको बहकाउमा लागेर बाहिरिएका मध्येका केही नेताका हिजो आजका अभिव्यक्तिबाट पनि पार्टी फुटाउनु गलत कार्य भएको र सो कार्यले आफू पश्चातापमा भएको अभिव्यक्ति दिने गरेका घट्नाबाट पनि त्यस्तो कार्य गलत भएको पुनस्पुष्टी भएको बतउनु भएको हो ।
'बनेको पक्की घर भत्काएर प्वाल परेको टिनको छानामुनी बस्ने काम कदापि पनि उचित हुने कुरा थिएन । गलत बाटोको रोजाइको परिणाम अन्ततः गलत ठाउँमानै पुग्नुपर्ने थियो र जो भयो पनि' ,नेता बोगटीले थप्नुभयो ।
हिजो विभिन्न कारणले एमालेबाट बाहिरिएका हजारौं कार्यकर्ताहरु पुनः एमालेमा सामेल भैं पार्टी अभियानमा जुट्न आग्रह समेत गर्नु भएका बोगटीले यो अभियानलाई कर्णालीका दशवटै जिल्लाका प्रत्यक वस्तीमा पुर्याउन आग्रह गर्नु भएका नेता बोगटीले यसका लागि एमाले अझै सुदृढ हुन र अन्य वामपन्थी शक्ति एवम् ब्यक्तिलाइ पार्टीमा समाहित गराउन जरुरी रहेको बताउनु भएको हो ।