सिमकोट । एमाले नेतृत्वको प्रदेश र संघीय सरकारले व्यक्तिगत स्वार्थ र अनियमितता भन्दा समाजको विकासमा केन्द्रीत भएको भन्दै पछिल्लो समय हुम्लाको एमालेमा अन्य पार्टीबाट प्रवेश गर्नेको संख्या बढ्दो छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मात्रै समृद्ध नेपाल, सुखि नेपालीको लक्ष्य पुरा गर्ने भन्दै विभिन्न पार्टी परित्याक गरेर सिमकोट गाउँपालिकाको ठेहे गाउँका १५ घरधुरीले सामुहिक रुपमा एमाले रोजेका छन् ।
सोमबार पार्टीको आसन्त विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनको मस्यौदामा सुझाव संकलन गर्न आयोजित बैठक बसिरहेकै अवस्थामा उनिहरु आफैले गाडी रिजर्भ गरेर एमाले प्रवेश गर्न जिल्ला पार्टी कार्यालय पुगेर एमालेमा प्रवेश गरेको पार्टीको जिल्ला कमिटि उपाध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए ।
'पार्टीको जिल्ला कमिटि बैठक चलिरहेका बेला सिमकोट गाउँपालिका वडा नम्बर १ र २ का नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी, नयाँ शक्तिमा आवद्ध भएका १५ घरका सबै परिवारले साुमहिक रुपमा एमाले प्रवेश गरेका छन्', उपाध्यक्ष शाहीले भने, 'एमालेमा प्रवेश गर्नेमा नेपाली कांग्रेसबाट नन्दे बोहरा, दन्त बोहरा, रवि भण्डारी रहेका छन् । यसैगरी माओवादी केन्द्रबाट ज्वाले रावल, गोफी रावल, राम बहादुर रावल, हजारी सार्की, रुप्सीला बोहरा, सोवनकली सुनार, पुने बोहरा, राजेन्द्र बोहरा, गोर्ख बोहरा, पुन्च बोहराले एमाले प्रवेश गरेका छन् ।'

विभिन्न पार्टी परित्याग गरेका सबैलाई एमाले केन्द्रीय सदस्य दल रावलले अबिर र खादा लगाएर स्वागत गर्नु भएको जिल्ला कमिटि उपसचिव मञ्जु रावल फडेराले जानकारी दिइन् ।
नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्य रावलले पार्टीको मिसन २०८४ मा हुम्लाको ठेहे गाउँबाट सफलताको सुरुवात गर्ने दावी गरे ।
जनतामा अन्य पार्टी भन्दा एमालेमा रुचि बढ्नुका साथै एमालेले जनभावनाको कदर गर्दै चिन्ता र चासो लिने पार्टी भएको बताए । एमाले हुम्लाको पार्टी कार्यालय समेत रहेका मनमोहन स्मृती प्रतिष्ठानमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कर्णाली प्रदेश कमिटीका विभिन्न सदस्य, जिल्ला तहका अन्य नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको एमाले हुम्ला सचिव तथा प्रभचार विभाग प्रमुख तिर्थराज बोहराले जानकारी दिए ।
