सिमकोट । हुम्ला जिल्लाको प्रशासनीक नेतृत्व गरेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायण पाण्डेयले आफू कार्यरत रहेको ३ सय ३३ दिन गरेका कामहरुको समिक्षात्मक विवरण सार्वजनिक गरेका छन् ।
विगतका प्रशासक भन्दा फरक अभ्यास गरेका प्रजिअ पाण्डेयले गृहमन्त्रालयले सरुवा गरेपछि जिल्ला छोड्नु भन्दा अघिल्लो दिन सञ्चारकर्मीहरु बोलाएर आफूले गरेका कामहरु सार्वजनिक गरेका हुन् । जुन अहिलेसम्मका कुनैपनि प्रजिअले गर्नु भएको थिएन ।
निजामती कर्मचारीहरुको छाता संगठन कर्मचारी मिलन केन्द्रले विदाई कार्यक्रम गर्नुअघि जिल्ला प्रशासन कार्यालयमा आयेजित पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ पाण्डेयले आफूले यस अवधीका गरेका सबै कामहरु समेटेर ९७ वटा बुँदाहरु सार्वजनिक गरेका छन् ।
‘मैले मेरो हुम्ला अनुभवका पहिलो एक सय दिनका भएका प्रगतीदेखि अहिलेसम्म गरेको उल्लेख गर्न लायक कामहरुको विवरण यसमा समावेश गरेको छु,' कार्यक्रममा आप्mना कामहरुको बारेमा जानकारी दिदैं उनले भने, ‘प्रशासन कार्यालयको भूमिका नियमनकारी, समन्वयकारी, सुरक्षा, राहत तथा उद्धारको काम पर्ने भएकाले त्यसमा ध्यान दिदैं जिल्लाका सेवाग्राही निकायलाई जिम्मेवार र जवाफदेही गराउने काममा मैले सकेको गरे । बाँकी मूल्यांकन यहाँहरुले गर्नु भएको छ ।’
‘
‘३३३ दिनको अवधीमा कार्यकालमा जिल्लाका सबै सरकारी कार्यालयहरुको संयुक्त सार्वजनिक सुनुवाई गर्ने कामको शुरुवात, उत्तरको छिमेकी मुलुक चीनसगँको समकक्षी सिमा सुरक्षा बैठकको आयोजना, बाजुरा जिल्लाको पिलु चौरमा हुने यातायातको सिन्डिकेटको अन्त्य, लागु औषध दुव्र्यसन नियन्त्रण घोषणा कार्यक्रमको सुरुवात देखि थुप्रै कामहरु यो अवधीमा सम्पन्न भएका छन्’ कार्यक्रममा प्रजिअ पाण्डेयले थपे ।
आफ्नो कार्यकालमा गरिएका कामहरुलाई ९७ बुँँदामा समेटेका पाण्डेयले गएको फागुनयता एक दिन पनि जिल्ला नछोडेको र एक दिन बिदा समेत नलिएर जिल्लाको सेवामा समर्पित भएको उल्लेख गरेका छन् ।
हालसम्म सदरमुकाममा रहेको कार्यालयबाट मात्र विवरण लिने गरिएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यलाई स्थलगत रुपमा लिईनु, चीन जाने सीमा पास समेत नाम्खा गाउँपालिकाका चार वटा स्थानबाट बितरणको काम हुनु, शिविरमार्फत सेवाग्राहीलाई नागरिकता घरमै पुगेर बितरण गरिनु, बिदाको दिनमा पनि स्थलगत रुपमा पुगेर सेवा प्रदान गरिनु हुम्ला बसाइका महत्वपूर्ण काम भएको भनाई उनको छ ।
जिल्लामा बिपदव पुर्व तयारी तथा प्रतिकार्य योजना तयार पारि जिल्ला बिपद व्यवस्थापन समितिको बैठकवाट पारित गर्दै कार्यान्वयन समेत गरेको कुरा पनि प्रगतिमा उल्लेख गरेका छन् ।