सिमकोट । अज्ञात समुहले हुम्ला सदरमुकाम सिमकोटको भिमसेन आधारभूत विद्यालयमा आगजनी गरेको छ ।
शनिबार राती सिमकोट गाउँपालिका–५ तल्लो गाउँ स्थित भिमसेन आधारभूत विद्यालयमा अज्ञात समूहले आगो लगाएको विद्यालयका प्रधानाध्यापक कालिबहादुर शाहीले बताउनुभयो ।
‘शनिबारको मौका छोपी विद्यालयको प्रशासन कोठा भित्रको कागज दराज टेबुलमा आगो लगाइएको छ,’ प्रधानाध्यापक शाहीले नेपालवोटसँग भने, ‘रातीको समयमा विद्यालय प्रशासन कार्यालयको ढोकामा रहेको ताला फलामको रड प्रयोग गरी तोडफोड गरि भित्र गएर भौतिक संरचनामा सोत क्षेती बनाइएको छ ।’
उनका अनुसार विधालय प्रशासन कार्यालयमा रहेको टेवल, दराज, बेन्च र विभिन्न कागजपत्र आगोले जलेर नष्ट भएका छन् । विधालय प्रयोजनका लागि कार्यालय कोठामा राखिएको १० लिटर मट्टितेल खनाएर आगो लगाएको हुनसक्ने अनुमान प्रधानाध्यापक शाहीले गरे ।
कुनै केहि विवाद नभएकै बेला अज्ञात समुहले विद्यालयमा रातीको समय आगजनी गरेका कारण १ सय ४४ जना विद्यार्थी अध्यानरत विद्यालयमा पठन–पाठन समेत प्रभावित भएको छ । विद्यालय जस्तो पवित्र स्थलमा यसरी आगो लगाउनु राम्रो नभएको भन्दै आगजनी गर्नेहरूको खोजि कार्य तिब्र हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकजन रावतले बताए ।
विद्यालयमा आगो लगाएको जानकारी भदौ ८ गते बिहान जानकारी पाएको र जानकारी हुदा बित्तिकै आफूहरुलाई विद्यालयका तर्फबाट जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका इनेस्पेक्टर जङगबहादुर सिंहले जानकारी दिए । सिंहका अनुसार प्रहरी टोलीले घटनास्थलमा पुगेर क्षतीको विवरणको स्थलगत मुचुल्का गरेपनि जम्मा क्षेतीको विवरण भने एकिन गर्न सकेको छैन् ।
घटनाको बारेम जानकारी पाउने बित्तिकै विद्यालय स्थलमा पुगेको प्रहरीले संभावित आगजनी गर्ने व्यत्तिःहरुको खोजि कार्य गरिरहेको बताइएको छ ।
विद्यालयमा आठ जना शिक्षक र एक जना कार्यालय सहयोगि कार्यरत छन् भने आधारभूत तह (१–५ कक्षामा अध्ययनरत) १ सय ४४ जना विद्यार्थी अध्यानरत छन् ।