ललितपुर । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको आउन एक दिन बाँकी छ । यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी पूरा भएको केन्द्रीय कार्यालयले जनाएको छ ।
महाधिवेसनको डिजिटल प्रचारदेखि लिएर ब्यानर, फ्लेक्स र गेटमार्फत प्रचारप्रसार भइरहेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा महाधिवेसनमा आउने सहभागी तथा पर्यवेक्षकका लागि स्वागत गेट बनाइएको छ । बाग्मती प्रदेश कमिटी र जिल्ला कमिटी ललितपुरको अगुवाईमा आफ्ना मातहतका कमिटीलाई स्वागतका निम्ति ठाउँठाउँमा ब्यानर , गेट र कम्युनिष्टको झण्डा तथा पार्टिको चुनाव चिन्ह अंकित झण्डा ठाउँ ठाउँमा राखीएको छ ।

महाधिवेसनस्थल पूग्ने रुटमा गोदावरी नगरकमिटी मातहतका शाखा कमिटीले पोल पोलमा सूर्य र हसियाँ हतौडा अंकित झण्डा राखेका छन् ।
ललितपुर जिल्ला कमिटीले सातदोबाटोमा मूल गेट निर्माण गरेको छ । जिफन्ट, उपत्यका विशेष कमिटी , जनजाती महासंघ लगायतले पनि सहभागीहरुलाई स्वागतका निम्ति गेट बनाएको जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए । उनका अनुसार महालक्ष्मी नगर कमिटीले हात्तिबनमा, गोदावरी नगर कमिटीले गोदावरीमै र वडा नम्बर १५ ले सातदोबाटोमा गेट बनाएका छन् ।

काठमाडौं उपत्यका प्रवेश गर्ने स्थान र ललितपुर प्रवेश गर्ने बागडोल र बालकुमारीमा स्वागतका निम्ति सम्बिन्धत वडा कमिटी तथा ललितपुर महानगर कमिटीले स्वागत गेट बनाउनुका साथै आकाशे पुलमा ठूलो स्वागत ब्यानर राखेका छन् । आफ्नो पायक पर्ने स्थानमा स्वागत ब्यानर राखीएको छ , ललितपुर जिल्ला प्रचार कमिटी प्रमुख राजेन्द्र न्यौपानेले भने र्, महाधिवेसन स्थल गोदावरी प्रवेश गर्ने सातदोबाटो र महाधिवेसन स्थल नजिकै विशेष सजावटका साथ स्वागतद्धार बनाइएको छ । भोलेन्टिएर कमाण्डका ललितपुर संयोजक समेत रहेका न्यौपानेले महाधिवेसन ललितपुरका लागि ठूलो अवसर भएको बताए । प्रेस चौतारी ललितपुरले पनि महाधिवेसन स्थल नजिकै प्रतिनिधी, पर्यवेक्षक र आगन्तुकलाई स्वागत र शुभकामनाका निम्ती ठूलो ब्यानर राख्न लागेको छ ।
भक्तपुर जिल्ला कमिटीले जडिबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकासेपुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर र झण्डा चोकचोकमा राखेको छ । चन्द्रागिरी नगर कमिटीले उपत्यका प्रवेश गर्ने नागढुङ्गा नाकामा स्वागतद्धार राखीसकेको प्रेस चौतारी ललितपुरका कोषाध्यक्ष समिर थापाले बताए ।

२ हजार ३४ जना प्रतिनिधिसहित २ हजार ३ सय ४९ जना सहभागी हुने विधान महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ ।
दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि रहेका छन् । त्यसबेलाका प्र्रतिनिधी कसैको मृत्यु भएको, कसैले पार्टी छोडेका र कसैलाई पार्टी कारबाही गरेकाहरूको सूची हटाइएको छ’ पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भने, ‘तर ती रिक्त ठाउँमा नयाँ प्रतिनिधि छनोट गर्न पाइने व्यवस्था एमालेमा छैन । अर्कोतिर दशौँ महाधिवेशनपछि मनोनित भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उहाँहरू आयोजकको हैसियतमा रहनुहुन्छ ।’
महाधिवेशनमा पार्टि अध्यक्ष केपी शर्मा ओलीले राजनितीक प्रतिवेदन, उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संसोधन प्रतिवेदन , महासचिव शंकर पोखरेलले सांगठनीक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । यस्तै केन्द्रिय अनुशासन आयोग, लेखा आयोग , निर्वाचन आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि पेश हुनेछ । पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदनहरू महाधिवेशनमा पठाउने निर्णयलगायत अन्य केही प्राविधिक विषयमा निर्णय हुनेछ ।

सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्युआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ ।
महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्ने कार्यक्रम छ ।