काठमाडौं । नेपालमा सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि प्रतिबन्ध लगाएपछि युवा पुस्ताले थालेको सडक आन्दोलनमा प्रहरीले घातक बल गर्दा काठमाण्डूमा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये १३ को मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १/१ को ज्यान गएको छ ।
प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन्। उनीहरूको विवरण आउन सकेको छैन ।
घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो ।
हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन प्रहरी टोलीले विभिन्न अस्पतालमा मुचुल्का उठाउँदै छ ।
र्यालीका क्रममा झडप भएपछि काठमाण्डूमा स्थानीय प्रशासनले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ। प्रदर्शनकारीहरू अराजक हुँदै निषेधित क्षेत्रमा प्रवेश गरेपछि बल प्रयोग गर्नुपरेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
केही प्रदर्शनकारीहरूले नयाँबानेश्वरस्थित सङ्घीय संसद् परिसरमा धावा बोलेका थिए। त्यहाँ तोडफोड र आगजनी पनि गरेका थिए। नयाँबानेश्वर क्षेत्र अझै अपराह्ण ४ः१५ बजेसम्म अशान्त रहेको देखिएको छ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदर्शनकारीहरू हताहत भएकोमा दुःख व्यक्त गर्दै सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्णयबारे 'केही न केही गर्ने प्रतिक्रिया दिएका छन्।
सरकारले केही चल्तीका सामाजिक सञ्जालको पहुँचमा लगाएको प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारको विरोधमा आफूलाई 'जेन जी' भनेर चिनाउने विशेष गरी नवयुवा पुस्ताका प्रदर्शनकारीहरूले देशका विभिन्न मुख्य सहरमा विरोधर्याली निकालेका थिए।
कास्की र मोरङ्गका स्थानीय प्रशासनले पोखरा र इटहरीका केही स्थानमा कर्फ्यू आदेश जारी गरेका छन्।
'तीस जनाभन्दा धेरै घाइतेलाई ट्रमा सेन्टरमा ल्याइएको छ। दुई जनाको यहाँ आइपुग्नुअघि नै मृत्यु भइसकेको थियो,' डा रिजालले भने। उनका अनुसार केही घाइतेको अवस्था चिन्ताजनक छ।
यसअघि निजामती कर्मचारी अस्पतालका मेडिकल निर्देशक दीपक पौडेलले उक्त अस्पतालमा मात्रै १०० जनाभन्दा धेरै घाइतेलाई ल्याइएको बताएका थिए। उनका अनुसार धेरै घाइतेहरूलाई रबरको गोली लागेको छ।
तीनकुनेमा घातक बल प्रयोग गरेको भन्दै प्रहरीमाथि प्रश्न
घाइतेको सङ्ख्या धान्न नसकिने गरी अत्यधिक भएको भन्दै सिभिल अस्पतालले केही घाइतेलाई अन्य अस्पताल पठाएको छ। प्रहरीले अधिकांश घाइतेहरूलाई निजामती कर्मचारी (सिभिल) अस्पताल र वीर अस्पताल पुर्याइएको बताएको छ।
सिनामङ्गलस्थित काठमाण्डू मेडिकल कलेज शिक्षण अस्पतालमा पनि कैयौँ घाइतेहरूलाई लगिएको छ। तीमध्ये केही गम्भीर अवस्थामा भएको अस्पतालस्थित सूत्रले जनाएको छ।
प्रहरी र प्रशासन के भन्छन् ?
'कति जना घाइते भएका छन् भन्ने विवरण सङ्कलन भइरहेको छ। सुरक्षा निकाय र प्रदर्शनकारी दुवैतर्फ मानिसहरू घाइते भएका छन्,' काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले भने।
र्यालीका क्रममा झडपहरू भएपछि काठमाण्डूमा स्थानीय प्रशासनले संसद् भवन परिसर वरपरका ठाउँ लगायत विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ।
बिहान देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारनजिकै माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू नयाँबानेश्वरस्थित संसद् भवनतिर गएका थिए। त्यहाँ तनाव बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो भने स्थानीय प्रशासनले सो क्षेत्र वरपर कर्फ्यू आदेश जारी गरेको थियो। त्यसको लगत्तै कर्फ्यू अन्य केही स्थानमा पनि विस्तार गरिएको थियो।
ूहामीले १२ः३० बजे जारी भएको कर्फ्यू विस्तार गरेका छौँ। अब राति १० बजेसम्मका लागि राष्ट्रपति निवास शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय, नारायणहिटी दरबार सङ्ग्रहालय र बानेश्वर संसद् भवन आसपासको क्षेत्रमा कर्फ्यू लागेको छ,ू जिल्ला प्रशासन कार्यालय काठमाण्डूका प्रवक्ता मुक्तिराम रिजालले भने।
प्रदर्शनकारीहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि सोमवार दिउँसोका लागि तय भएको राष्ट्रिय सभाको बैठक बुधवारका लागि सारिएको बताइएको छ।
ूविशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोलेू बैठक स्थगित गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ।
सेनाको टुकडी सडकमा
स्थानीय प्रशासनले कर्फ्यूको घोषणा गरेलगत्तै काठमाण्डूको सडकमा नेपाली सेनाको टुकडी तैनाथ भएको देखिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था बमोजिम जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेना खटिएको उनले बताए।
'शान्ति सुरक्षामा खटिने निर्णय लिखित रूपमा प्राप्त भएपछि सानो टुकडी शान्ति सुव्यवस्था कायम गर्न तैनाथ भएको छ,' उनले भने।
गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयतर्फ अघि बढेका प्रदर्शनकारीहरूसँगको झडपपछि पोखरामा पनि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
प्रहरीले ठूलो सङ्ख्यामा अघि बढेका युवाहरूलाई रोक्न अश्रुग्यास र रबरको गोली प्रयोग गरेको बीबीसी संवाददाता कृष्णमणि बरालले बताएका छन्।
अपराह्न २ बजेदेखि अर्को आदेश नभएसम्म पूर्वतर्फ वाई चोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिम, फिश्टेल गेट, उत्तर मालपोत कार्यालय र दक्षिण राष्ट्र ब्याङ्क चोक हुँदै दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय रहेको ड्यामसाइडसम्म कर्फ्यू आदेश जारी गरिएको छ।
विराटनगरस्थित हाम्रा संवाददाता विक्रम निरौलाका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरी उपमहानगरपालिका भित्रका केही क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेका छन्।
काठमाण्डू जिल्ला प्रशासन कार्यालयका प्रवक्ताका अनुसार शान्तिपूर्ण प्रदर्शन ूअराजक बन्दैू गएको र निषेधित क्षेत्र तोडिएकाले कर्फ्यू लाउने निर्णय गरिएको हो।
प्रदर्शनकारीहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि बल प्रयोग गर्नुपरेको उनको भनाइ छ। 'त्यस क्रममा सामान्य बल प्रयोग भएको छ। हामीले तत्कालै केही जनालाई नियन्त्रणमा लिएका छौँ,' यसअघि रिजालले बीबीसीलाई बताएका थिए।
यसअघि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गर्ने निर्णयसहित विज्ञप्ति जारी गरेका थिए।
सामाजिक सञ्जालबाट उठेको ज्वाला
अभियान आरम्भ गर्नेहरूले भर्खरै प्रतिबन्धित केही प्ल्याट्फर्म र टिकटकजस्ता अन्य वैकल्पिक डिजिटल मञ्चमार्फत् देशमा विद्यमान राजनीतिक भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी युवा पुस्तालाई आह्वान गरेका थिए।
टिकटकमा विभिन्न नेताका छोराछोरीको 'विलासी जीवनु झल्काउने तस्बिर तथा भिडिओ राखेर केही युवाले लाभको पदमा पुगेका नेताहरूले स्वार्थपूर्वक आफ्ना सन्तानलाई फाइदा पुर्याएको तर देशका लागि काम नगरेको भन्ने आशयसहित 'नेपो बेवी' ट्रेन्ड सुरु गरेका छन्।
त्यस्ता सामग्रीमा नेपालका विकट क्षेत्रमा कष्टकर जीवन बिताइरहेका मानिसहरूको अवस्थासँग राजनीतिक परिवारको विलासी जीवनलाई तुलना गरिएको छ।
बिहीवार सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै युवाहरूले सामाजिक सञ्जालकै माध्यमबाट त्यसप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्न थालेका थिए।
काठमाण्डू र बाहिरका प्रमुख सहरहरूमा पनि विरोधप्रदर्शन हुने भएकाले प्रहरीले निगरानी गरेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरे सोमवार बिहान बीबीसीलाई बताएका थिए।
ूयो काठमाण्डू उपत्यकामा मात्रै छैन। बाहिर पनि भएकाले जुनजुन ठाउँमा छ सम्बन्धित जिल्ला सुरक्षा समिति बसेर सुरक्षा चुनौतीको विश्लेषण गरेर आवश्यक सुरक्षा योजना तयार गरेर जनशक्ति परिचालन गरिएको छ,ू उनको भनाइ थियो।
युवाहरूको सोमवारको प्रदर्शन ूशान्तिपूर्णू हुने भनिए पनि प्रहरी प्रवक्ताले आफूहरूले त्यसलाई सामान्य रूपमा नलिएको बताएका थिए।
माइतीघरको भेलामा सहभागी युवायुवती
ुजेन जीुको प्रदर्शनमा काठमाण्डू महानगरपालिकामा मेअर बालेन शाहसहित कैयौँ राजनीतिज्ञ, चर्चित कलाकार र गायकगायिकाले पनि ऐक्यबद्धता व्यक्त गरेका थिए।
गायक तथा कलाकार प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत् नै समर्थन व्यक्त गरेका थिए।
'यसपालि उनीहरूलाई जेन जीको साङ्केतिक प्रदर्शनले गहिरो महसुस होस् कि समय धेरै अगाडि गइसकेछ। आजको गतिशील दुनियाँमा हामी र हाम्रो देशलाई कति पछाडि पारिसकेछौँ,' उनले फेसबुकमा लेखेका थिए।
'अवस्था बदल्न सडकमा'
माइतीघरको भेलामा सहभागी युवायुवती बिहान काठमाण्डूको माइतीघरमा पुगेका बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालका अनुसार प्रदर्शनमा सहभागी हुनेमध्ये अधिकांश माध्यमिक तहका विद्यार्थीहरू थिए।
उनीहरूले नेपालको राष्ट्रिय झण्डासहित 'अब अति भयो' र 'भ्रष्टाचारलाई अस्वीकार गरौ' जस्ता नारा लेखिएका प्लाकार्ड बोकेका थिए।
उनीहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा नारा समेत लगाएका थिए।
काठमाण्डू उपत्यकामा युवाहरूको अगुवाइमा भएको प्रदर्शन अहिलेसम्मकै ठूलो देखिएको छ। उनीहरूले देशको अवस्था बदल्न आफूहरू सडकमा आएको बताए।
बाङ्ग्लादेशमा विद्यार्थीहरूले ल्याएको राजनीतिक परिवर्तनको उदाहरण दिँदै उनीहरूले नेपालमा पनि युवाहरूको प्रदर्शनले त्यस्तै किसिमको अवस्था ल्याउन सक्ने बताएका छन्।
देशैभरि युवाहरूको प्रदर्शन
बुटवलको राजमार्ग चौराहामा भेला भएका युवाहरू भ्रष्ट्राचार विरोधमा नाराबाजी गर्दै ट्राफिकचोकसम्म पुगेका थिए।
उनीहरूले ूआज होइन भने कहिलेरु हामी होइन भने कोरुू ूअब पालो युवाहरूकोू जस्ता नारा अङ्कित प्लाकार्डहरू पनि बोकेका थिए।
बुटवलको प्रदर्शनमा राम्रै सङ्ख्यामा युवाहरूको सहभागिता थियो।
जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडि र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि युवाहरूले भ्रष्टाचार र बेतिथीविरुद्धका नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरे।
जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडि र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि युवाहरूले भ्रष्टाचार र बेतिथीविरूद्धका नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गर्दै तस्बिर स्रोत,द्यद्यऋ र ज्ष्फबत द्य च्बधब
िवीरगन्जको घण्टाघर क्षेत्रमा युवाहरूले सरकारको निर्णयविरुद्ध विरोधसभा गरे। सामाजिक सञ्जाल बन्द गर्ने र भ्रष्टाचार बढेको भन्दै उनीहरूले सरकारप्रति आक्रोश पोखे। विरोधर्यालीमा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो।
सहभागीहरूले भ्रष्टाचार अन्त्य गरू जस्ता नारासहित प्रदर्शन गरेका थिए। उनीहरूले भ्रष्टाचार र कुशासन दिन प्रतिदिन बढ्दै गएको भन्दै सरकार जनताप्रति गम्भीर हुनुपर्ने माग गरेका छन्।
युवाहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको दाबी गर्दै सो निर्णय तत्काल फिर्ता लिन आग्रह समेत गरे।