सिमकोट । हिमाली जिल्ला हुम्लामा पहिलो पटक निःशुल्क लोकसेवा तयारी कक्षा शुरु भएको छ ।
पछिल्लो समय नयाँ पुस्तामा लोक सेवा आयोगप्रतिको आकषर्ण बढ्दै गएको बेला जिल्लाका पाँच वटा निकायको समन्वयमा ६ महिनाका लागि उक्त कक्षा शुरु भएको हो । जिल्लामा लोकसेवा आयोगको तयारी कक्षा लिने उपयुक्त स्थान नभएको र जिल्ला बाहिर जान ठूलो आर्थिक जोहो गर्नुपर्ने भएकाले युवालाई लोकसेवातर्फ प्रोत्साहितक गर्नका लागि उक्त कक्षा प्रारम्भ भएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख इश्वर बहादुर सिंहले जानकारी दिए ।
लोकसेवामा हुम्लाको सहभागिता वृद्धि गर्न केहि वर्ष अघि लोकसेवा आयोगको परिक्षा केन्द्र हुम्लामा कायम गरिएको भएपनि तयारी अभावका कारण कहिले आवेदन दिनेको संख्या सुन्य हुने त प्रायः निरासाजनक परिक्षार्थीको अवस्था देखेपछि परिक्षा केन्द्र बचाउनकै लागि भएपनि यो तयारी कक्षाको आँट गरेको भनाई सामाजिक विकास कार्यालयका प्रमुख सिंहको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच शुरु गरिएको तयारी कक्षालाई संवोधन गर्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य भक्तबहादुर शाहीले यो कक्षाको शुरुवात निकै राम्रो भएको प्रतिक्रिया दिए ।
‘सरकारले हुम्ला जिल्लामा नेताहरुको पहलमा परिक्षा केन्द्र राखेपनि कुनैमा सुन्य परिक्षार्थीको संख्या निकै निराशाजनक भएको अवस्थाले परिक्षा केन्द्र नैं कटौती हुने भएकाले यो कक्षा निकै सकरात्मक छ । यो तयारी कक्षा शुरुवात देखिनै सामाजिक विकास कार्यालयका प्रमुख इश्वर सिंहले गरेको पहलका कारण शुरु भएको हो । जुन जिल्लाका लागि निकै ििदर्घकालिन महत्वको छ’ केन्द्रीय सदस्य शाहीले थपे ।
सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीको अध्यक्षतामा शुरु भएको कक्षा शुभाम्भ कार्यक्रमका अधिकांश वक्ताले लोकसेवा तयारी कक्षाको खुलेरै प्रशंसा गरे ।
‘निरन्तर अभ्यास अनुसार र धैयता, लोकसेवा तयारी कक्षाको अपरिहार्यता’ भन्ने मुल नाराका साथ शुरु गरिएको निःशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा शुभारम्भ कार्यक्रममा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले तयारी कक्षा पालिका पालिकामा समेत विस्तार गर्नुपर्ने बताए । आफूले अदानचुली गाउँपालिकामा समेत शुरु गर्न चाहेका बताएका अध्यक्ष सिंहले यो कक्षा निकै राम्रो भएको प्रतिक्रिया दिए ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकार राजेन्द्र चन्दले कक्षाबाट जिल्लाले अधिकतम फाइदा लिनुपर्नेमा जोड दिए । ‘लोकसेवामा चासो राख्नेका लागि यो ठूलो अवसर हो’, अधिकारी चन्दले भने, ‘लामो अनुभव र अध्ययन भएका कार्यरत कर्मचारीबाट सहजिकरण हुने यो कक्षा साद्यनर्भिकता निकै बढि छ ।’
सन्चालन उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । सिमकोट गाउपालिका अध्यक्ष विजय भण्डारीको सभाध्यक्षमा सन्चालन भएको उद्धघाटन कार्यक्रम आज सन्चालन गरिएको छ । सिमकोट गाउपालिका शिक्षा बिकास शाखाका प्रमख कृष्ण प्रसाद आचार्यले कार्यक्रमको शुभकामना सन्देश दिदै यो कक्षा उद्धघाटन मात्र नभएर प्रभाकारी हुने बताउनु भयो ।

२ सय ८३ सहभागि १६ प्रशिक्षक
जिल्लाका तिन स्थानीय तह, एक सरकारी कार्यालय र एक गैरसरकारी कार्यालयको सहकार्यमा शुरु भएको लोकसेवा तयारी कक्षामा अहिलेसम्म दुई सय ८३ जनाले कक्षा लिन इच्छुक देखिएका छन् । सामाजिक विकास कार्यालयले जारी गरेको र्साजनिक सूचानका आधारमा यो समाचार तयार पारञ्जेलसम्म जिल्लाका २ सय ८३ जनाले नाम लेखाएको सामाजिक विकास कार्यालय हुम्लाले जनाएको छ । कक्षा लिन इच्छुक मध्ये अधिकांश सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका रहेका छन् भने दोस्रोमा खार्पुनाथ र त्यसपछि नाम्खा, सर्केघाड लगायतका गाउँपालिकाका नागरिक हरेका छन् ।
शिक्षा सेवा आयोग र लोकसेवा आयोगको कक्षामा प्राविधिक तथा प्रशासनिक तर्फबाट कक्षा शुरु गर्न जिल्लाका विभिन्न कार्यालयका १६ जना प्रशिक्षकहरुले कक्षा लिने बताइएको छ । हरेक दिन बिहान र बेलुका कक्षा सञ्चालन गर्ने उक्त तयारी कक्षामा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, कोष तथा लेखा नियन्त्रक अंगबहादुर कार्की, आर्युवेद स्वास्थ्य केन्द्रका डा. चाहना शर्मा, सामाजिक विकास कार्यालय इश्वर बहादुर सिंह, उपभोक्त हित संरक्षण कार्यालयका अर्जुन जोशी, सरकारी वकिल कार्यालयका निसा केसीले सहजिकरण गर्ने भएका छन् । यसैगरी शिक्षा विकास तथा समन्वय इकाइका योगस आले मगर, खार्पुनाथ गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत लोकेन्द्रबहादुर शाही, सिमकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद आचार्य, मानसरोवर माध्यमिक विद्यालयका गणीत शिक्ष धनबहादुर ऐडी, पुर्वाधार विकास कार्यालयका लेखा अधिकृत भक्तबहादुर शाही, आधार विकास कार्यालयका शिक्षा संयोजक कञ्जोक लामा लगायतका प्रशिक्षकले कक्षाको सहजिकरण गर्ने बताइएो छ ।

कक्षा सञ्चालन गर्न आठ लाख बिउ पुँजि
जिल्लामा पहिलो पटक शुरु गरिएको लोक सेवा तयारी कक्षाका लागि बिउ पुँजि स्वरुप आठ लाख रकम संकलन गरिएको छ । सिमकोट गाउँपालिकाले दुई लाख, खार्पुनाथ गाउँपालिकाले दुई लाख, नाम्खा गाउँपालिकाले दुई लाख र आधार विकास नेपालले दुई दुई लाख रकम सहयोग गरेपछि यो कक्षा सञ्चालनको बाटो खुलेको कक्षा सञ्चालन समितिका संयोजक इश्वर सिंहले जानकारी दिए ।
कक्षामा जिल्लाका इच्छुक युवाहरुको सहभागिताका आधारमा पालिकाले थप रकम अनुदान दिने उल्लेख गर्नु भएका सिंहका अनुसार उक्त रकम कक्षा लिने प्रशिक्षकहरुको पारिश्रमिक र व्यवस्थापनका लागि खर्च गरिने छ ।
‘लोकसेवा आयोगबाट लिने परिक्षाबाट प्रवेश हुने सरकारी सेवामा जिल्लाको उपस्थितीलाई थप मजवुत बनाउने ध्येयले शुरु गरेको कक्षाको आकार र सहभागि संख्या हेरेर पालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ’, सामाजिक विकास कार्यालयका प्रमुख समेत रहेका सिंहले भने, ‘आशा गरौ हामीले वर्षभरीमै कक्षा सूचारु गर्ने लक्ष्य लिएको तयारी कक्षा सञ्चालनमा थुप्रै सहयोगि हातहरुको साथ रहने छ ।’
कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विनियोजन भएका कारण सामाजिक विकास कार्यालयको प्राविधिक सहयोग रहेको छ ।
अदानचुलीमा पनि कक्षा सञ्चालन गर्ने अध्यक्ष सिंहको प्रतिवद्धता
चालु आर्थिक वर्षमै अदानचुली गाउँपालिकाले पनि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने प्रतिवद्धता पालिका अध्यक्ष मोहन विक्रम सिंहले गरेका छन् ।
सिमकोटको कक्षा शुभारम्भ कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष सिंहले पालिकाको नीति तथा कार्यक्रममा कक्षा सञ्चालनका लागि चार लाख बजेट विनियोजन गरेकाले यसै वर्ष कक्षा सञ्चालन गाउँपालिकामै गर्ने बताए ।
हामीले पनि पालिका केन्द्र श्रीनगरमा निःशुल्क कक्षा सञ्चालनको तयारी गरिरहेका छौं । उत्तः कक्षाका लागि जिल्लाबाट समेत यहाँहरुको सहयोगको अपेक्षा छ पालिका अध्यक्ष सिंहले भने जिल्ला सदरमुकाम सिमकोट पहिलो पटक शुरु भएको कक्षाको व्यवस्थापकीय कामका लागि अदानचुली गाउँपालिकाले रु. एक लाख सहयोग गर्छ ।’
यस्ता कक्षा सबै गाउँपालिकाका केन्द्रमा सञ्चालन गरेर जिल्लाबाट सरकारी सेवामा नयाँ पुस्तालाई प्रवेश गर्न प्रोत्साहित गर्नुपर्ने बताएका सिंहले यो कक्षाबाट लाभ लिन जिल्लाका नयाँ यूवाहरुलाई समेत आग्रह गरे ।
प्रकाशित मिति: सोमबार, पुस ७, २०८२ १९:१२