सिमकोट । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाले २३ जनाको नाम सिफारिस गरेको छ ।
भौतिक र भर्चुअल बैठक आयोजना गरेको नेकपाले शनिबार प्रदेश पार्टीलाई उक्त सिफारिस गरेको हो । एक निर्वाचन क्षेत्र भएको हुम्लाबाट नेकपाले प्रत्यक्षतर्फ ६ जना, समानुपातिक तर्फ १७ जनाको नाम सिफारिस गरेको हो । नेकपा स्रोतका अनुसार प्रत्यक्षतर्फ छिमीदार्जे लामा (आशाकर), छिरिङदम्डोल लामा (कार्चेन), कर्णजित बुढाथोकी (शुसिल), डा. दिपेन्द्र रोकाया, पे्रमबहादुर शाही र धुर्व शाहीको नाम सिफारिस गरेको छ ।
समानुपातिक पिछडिएको क्षेत्रमा हस्तबहादुर शाही, महिलातर्फ सिता शाही, लक्ष्मी बुढा, प्रतिमा बुमी, मञ्जु बुढा, कुशुम कार्कीको नाम सिफारिस गरेको हो । यसैगरी समानुपातिक दलिततर्फ कालीबहादुर विक, तिलसरा विक, नैनसिंह नेपाली, कसमविर सुनारको नाम सिफारिस गरेको छ । नेकपा स्रोतका अनुसार समानुपातिक आदिवासी जनजातीतर्फ नाम्ग्याल लामा, प्रमा लामा, उषा लामा, समानुपातिक अपांगतर्फ अजबिर बुढा, समानुपातिक खस आर्यतर्फ मानबहादुर थापा, देविलाल चौलागाई, कमल बोहराको नाम सिफारिस गरेको हो ।
पार्टीले आयोजना गरेको भर्चुअल बैठकमा टिकटका लागि आकांक्षिहरु सबैलाई सिफारिस गरेको पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन माओवादीका जिल्ला इन्चार्ज छिमिदोजी लामाले जानकारी दिए । यो पटक सबै आकाक्र्षी साथिहरुका नाम प्रतावित गरौ भनेर बैठकमा जतिले इच्छा देखाए सबैलाई सिफारिस गरेका हौं केन्द्रीय सदस्य लामाले नेपालवोटसँग भने, अब बस्ने जिल्ला कमिटि बैठकमार्फत यि नामहरुमा तलमाथि गर्ने काम हुन्छ ।
‘सबै क्लष्टरमा ३।४ जनाको नाम सिफारिस गर्ने केन्द्रको सर्कुलर नै थियो । अन्य जिल्लाहरुबाट पनि ६।७ जनाका नामहरु गएकै छन्। हाम्रो हुम्ला पार्टीमा विवाद भएर होइन् यि सिफारिस भएका नाममा कसैको पनि विमत्ति छैन् । सर्वसम्मत रुपमा नाम पठाउने काम भएको हो । निकट भविष्यमै भौतिक रुपमा बस्ने बैठकले यि नामहरुमा गम्भीर छलफल गरेर अगाडी बढछौं’, लामाले थपे ।



राष्ट्रिय सभामा ३ जना सिफारिस
नेकपा हुम्लाले आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३ जनालाईसिफारिस गरेको छ ।
आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि जिल्लाबाट विरजन शाही, धनञ्जय फडेरा र गोविन्द शाही गरी तिन जनाको नाम सिफारिस गरेको छ ।
पार्टीले आयोजना गरेको भर्चुअल बैठकमा टिकटका लागि उहाँहरुलाई सिफारिस गरेको हो । कर्णाली प्रदेशमा २ जनाका लागि आगामी माघमा निर्वाचन हुदैछ ।
सिफारिस भएकाले प्रदेश र स्थानीय तहमा दावी नगर्नुः वाइसिएल उपाध्यक्ष शाही
पार्टी भित्र युवापुस्तालाई स्थान दिनुपर्ने कुरा उठाउँदै आएका वाइसिएलका केन्द्रिय उपाध्यक्ष अखिल शाही (अस्मील)ले अहिले सिफारिस भएकाहरुले २०८४ मा हुने प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा दावी गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल फेसुवुकमा आप्mनो प्रतिक्रिया जनाउदै उपाध्यक्ष शाहीले लेखेका छन्, ‘आदरणीय हुम्लाका क्रान्तिकारी जुझारु एवं निष्ठाबान कमरेडहरु आशन्न संसदिय निर्वाचनमा हुम्ला नेपाली कम्युनिस्ट पार्टी हुम्लाका तर्फबाट आकाक्षी नेताहरुको नामावली हेर्दा खुसी र दुःखी मिश्रित भावना आईरहेका छन तर अब यस्तो पुनः नदोर्होयाउनका लागि अब बस्ने जिल्ला कमिटी मार्फत अहिले सिफारिस गराउन हतार, रिस र नामका लागि सिफारिसमा परेको कोहि कसैले पनि प्रदेश र गाउँपालिका तथा वडापालिमा समेत उमेदवार हुन नपाउने गरि निर्णय गर्नुपर्ने बेला आएको छ ।’
२६ जनाको नाम सिफारिस गरेको विषयमा आप्mनौ कुनै विमत्ति नभएको बताएका शाहीले उक्त विषयमा व्यापक छलफल गरि निर्णय गर्न सम्पूर्ण जुझारु, कर्तव्यनिष्ठ कार्यकर्ता र आम मतदाता, महिला, युवा, दलित, जनजाति, घाइते अपांग, शहिद परिवार लगायत आम हुम्ली नेपाली कम्युनिस्ट पार्टीमा आस्था राख्ने सम्पुर्णमा अनुरोध गरेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०८२ १९:४८