काठमाडौं । नाती, वुवा र हजुरवुवा पुस्तालाई समेटेर नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेरदवारको बन्द सूचि तयार पारेको छ ।
पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको ऊर्जा र समावेशीतालाई सन्तुलित ढंगले अघि बढाउने प्रयास सूचीमा देखिन्छ । एमालेले पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा. पुष्प कडेललगायतका नेताहरू समेटेको छ । यसैगरी महिलातर्फ पद्मा अर्याल, टुका हमाल, निरुपाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतको सहभागिता छ ।
उता पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जनाको नाम समावेश गरिएको छ । एमालेले अपाङ्गता भएका समुदायबाट रामबहादुर थापा र यसुदा बराललाई समानुपातिक सूचीमार्फत समावेश गरेको छ ।
समानुपातिक सूचिमा एमालेले नयाँ पुस्ताबाट निशा घतानी, क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवालगायतका युवा नेताहरूलाई समावेश गरेको छ । यसैगरी दलितबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत युवा तथा समावेशी अनुहारलाई अवसर दिएर समावेशी सूचि एमालेले तयार पारेको छ ।
एमालेले मुस्लिमबाट साजिदा सिद्दीकी, मोहम्मद हारून लगायतलाई समावेश गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रर्णालीका लागि तयार पारेको सूचीले एमाले पुस्तान्तरण, समावेशी प्रतिनिधित्व र क्षेत्रीय सन्तुलनलाई एकसाथ अघि बढाएर आप्mना सबै खाले क्षमता भएका नेताहरुलाई विधायकका रुपमा पठाउने योजना बनाएको देखिन्छ ।
प्रकाशित मिति: सोमबार, पुस १४, २०८२ १९:१८