सिमकोट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीमा हुम्लाबाट मनोनित हुनेको संख्या २५ जना पुगेको छ ।
नेपाल कम्युनिस्ट माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी (एस) र माओवादी समाजवादी पार्टी एकतापछि हुम्ला जिल्लामा २५ जना केन्द्रिय सदस्यमा मनोनित हुनु भएको हो । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट ८ जना, एकिकृत समाजवादी पाटीबाट ९ जना, माओवादी समाजवादी पार्टी ६ र जनसमाजवादीको १ गरी २५ जना केन्द्रिय सदस्यमा मनोनित भएको नेपाली कम्युनिस्ट पार्टी हुम्लाका एक केन्द्रिय सदस्यले जानकारी दिनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट विजय भण्डारी, छिमीदोर्जी लामा, छिरिङ दम्डुल लामा, लालकेश जैसी, बिरजन शाही, सुस्मिता शाही, रणसिहं परियार, डा.दीपेन्द्र रोकाया मनोनित भएका छन । एकिकृत समाजवादी पार्टीबाट हस्तबहादुर शाही, शिवराज शर्मा अम्बीका कुमारी शाही, जोशी धामी, प्रेमा लामा, प्रेमकला शाही, बविता शिरा, तिर्थराज रोकाया र कमल छत्याल मनोनित भएको श्रोतले जनाएको छ । यस्तै गरी माओवादी समाजवादीबाट कर्णजित बुढाथोकी, रंगमल रोकाया, ज्ञानु फडेरा, जीवन ऐडी, नाम्ग्याल तामाङ, प्रमोद लामा मनोनित भएका छन ।
जन समाजवादी पाटी सुभाष काप्लेको पार्टीबाट हुम्लाको ताजाँकोट गाउँपालिका सम्राट रम्तेल पनि केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । मंगलबार अनलाइन सपथ खुवाएको नेकपामा अँझै केहि सदस्यता बढ्न सक्ने अनुमान गरिएको छ । नेपाल कम्युनिस्ट पार्र्टीमाओवादी केन्द्रबाट माओवादी केन्द्रका योग्दान पुर्याएका नेताहरु केन्द्रिय सदस्य मनोनित नगरेपछि आलोचना बढेको छ ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ १७:५०