सिमकोट । लामो समय खडेरी परेको हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात भएको छ ।
शुक्रबार रातीदेखि शनिबमर बिशमनसम्म परेको हिउँले सदरमुकाम सिमकोटमा झण्डै दुई फिट जमेको छ ।
हिमपातले जिल्लाको उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ भने किसान खुशी भएबा छन् ।
लामो समय देखि पानी नपरेको हुम्लामा जिल्ला सदरमुकाम सिमकोट र उत्तरी क्षेत्रका गाउँहरुमा झण्डै दुई फिट हिउँ परेको छ ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ ।
हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाविसमा जाडो निकै बढेको छ ।
धेरै लामो समय पछि परेको हिउँले चिनसँग सिमा जोडिएको उतरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका लाप्का लामाले जानकारी दिए । उनका अनुशार मुचुमा झण्डै साढे २ फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कीन समेत समस्या भएको छ ।
हिउँले जिल्लाको लिमि, मुचुको तापक्रम माइनस १० पुगेको हुनपर्ने बताएका लामाले नेपालवोटसँग भने, “आज बिहनै देखि हिउँ परेर चिसो एकाएक बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन् ।” लामाले भने जाडोले पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।”

मंसीर महिना शुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्याधिक बढ्नुका साथै तापक्रम माइनस १० पुगेको प्रमूख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । उनका अनुशार बिहानै देखि परेकको हिमपातले अहिलेसम्म कुनै अप्रीय घटना नघटेको भएपनि अत्याधि चिसोले जनजीवन भने प्रभावीत बनाएको छ । हिमपातले बढेको जाडोले जिल्लाका सुरक्षाकर्र्मीलाई ड्युटी गर्नमा समेत समस्या भएो जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
हिमपातले दक्षिण क्षेत्रका किसान खुशी
लामो समयको खडेरी पश्चात आज परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुशी भएका छन् ।
पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्यांग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चंखेली र सर्केगाढका स्थानीय खुशी भएको अदानचुली गाउँपालिका १ कल्खेका रुपचन्द्र फाडेराले जानकारी दिए ।
गएको भदौ अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेमा दुख मनाउ गरेका कृषकलाई यो हिमपातले खुशी बनाएको बताएका थापाका अनुशार यो पटकको हिमपातले बारीको गहुँ अब उम्रीने छ ।
हिउँ सँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकलाई समेत केही आशा जगाएको अदानचुली ५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए । पानी नपरेको बताएका शिक्षक शाहीले भने “पानी त निकै कम परेको छ तर अव वर्षा शुरु हुने भयो भनेर हामीलाई आशा लागेको छ । यो पानीले थोरै भएपनि पाखोमा छरेका गहुँलाई उमार्ने र उम्रेका गहुँलाई केही राहत गर्ने काम गरेको छ ।”






प्रकाशित मिति: शनिबार, माघ १०, २०८२ २२:५४