काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले साढे ६ लाख बढि पार्टी सदस्यलाई आगामी फागुन २१ को चुनावबाट पार्टीलाई बहुमतमा पुर्याउन भूमिका खेल्न भनि सन्देश पत्र पठाउनु भएको छ ।
शनिबार साँझदेखि पार्टी सदस्यहरूको मोबाइलमा उक्त पत्र पुगेको छ ।
एमालेको पछिल्लो नविकृत पार्टी सदस्यहरु ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन् । यो संगठित पार्टी सदस्य संख्या ११ औं महाधिवेशनसम्मको हो । यसबीचमा कतिपय संगठित सदस्यले पार्टी छोड्ने, कतिको मृत्यु भएका छन् । त्यससँगै कतिपय संगठित सदस्यहरुको मोबाइल नम्बर परिवर्तन, अनलाइन सिस्टममा समस्या आएका कारण सबै सदस्यहरुकोमा एकै पटक सन्देश पत्र पुग्न नसकेको पार्टी आईटी विभागले जनाएको छ ।
अध्यक्ष ओलीको फोटासहित हस्ताक्षर गरिएको सन्देश पत्रमा भनिएको छ– ‘क. यहाँलाई अवगत नै छ– आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबीचको हार–जितको फैसला गर्नेछ । देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु ।’
अध्यक्ष ओलीको यो सन्देशले कार्यकर्ता र मतदातामा सकारात्मक तरंग लिएको प्रचार संयोजक केन्द्रीय सदस्य मीनबहादुर शाहीले बताउनु भयो । एमालेका नेता, कार्यकर्ता तथा संगठित सदस्यहरु अहिले आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् । अहिले एमाले पार्टी कार्यालय ललितपु च्यासल प्रायः सुनसान देखिन्छ ।
एमालेको संगठित यो संख्यासँगै केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा, टोल, प्रावस, जनसंगठन, विभाग, सल्लाहकार गरी ६४ हजार ७ सय ६ कमिटीमा पार्टी फर्मेशन रहेको छ । त्यसमध्ये जन संगठनहरुको संख्या यकिन तथ्याङ्क अध्यावधिक भएका छैनन् । सबै अध्यावधिक हुँदा यो संख्या बढ्छ । यी कमिटीहरुमा करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य आबद्ध छन् ।
केही निवेदन आएका र कमिटीमा बसेका करिव डेढ लाख सदस्यहरु संगठित हुन अझै बाँकी छ । पार्टीको सांगठनिक संरचनाको तथ्याङ्क अनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १ सय ३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी रहेका छन् । त्यसैगरी वडा कमिटी ७ हजार ७ सय ६० र टोल कमिटी ५५ हजार ७ सय ७६ रहेको छ ।
प्रदेश अन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १ सय ३६ पालिका कमिटी रहेको छ । त्यसैगरी वडा कमिटी ११ सय ५७ र टोल कमिटी ७ हजा १ सय १ रहेको छ । कोशी प्रदेशमा कुल ८ हजार ४ सय ८ कमिटी रहेको छ ।
त्यसैगरी मधेस प्रदेशमा ८ जिल्ला कमिटी, १ सय ३६ पालिका, १२ सय ७१ वडा, ६ हजार ५ सय १५ टोल कमिटी गसरी कुल ७ हजार ९ सय ३० रहेको छ ।
बागमती प्रदेशतर्फ १३ जिल्ला, १ सय ११ पालिका, ११ सय २१ वडा, १४ हजार २ सय ६ टोलसहित कुल १५ हजार ४ सय ५१ कमिटी रहेको छ ।
गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७ सय ५९ वडा, ५५ सय ६० सय टोल गरी कुल ६ हजार ४ सय १५ कमिटी रहेको छ ।
लुम्बिनी प्रदेशमा १२ जिल्ला, १ सय ९ पालिका, ९ सय ८३ वडा, ९ हजार २ सय ६७ टोल गरी कुल १० हजार ३ सय ७१ कमिटी रहेको छ ।
कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७ सय १८ वडा, ६ हजार ४ सय ५३ टोलसहित कुल ७ हजार २ सय ६० कमिटी रहेको छ ।
सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७ सय ३४ वडा, ५ हजार ८ सय ५० टोलसहित गर्दा कुल ६ हजार ६ सय ८१ कमिटी रहेको छ ।
त्यसैगरी समन्वय सम्पर्क अन्र्तगत ७ जिल्ला, ७४ पालिका, ७ सय ४३ वडा कमिटी गरी कुल ८ सय २४ वटा सम्पर्क समन्वय कमिटी रहेका छन् । प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कुल १ सय ११ कमिटी रहेको छ । प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १ सय ४१ पालिका, ४ सय १६ वडा तह गरी कुल ५ सय ६७ कमिटी रहेको छ ।
तथ्याङ्कहरुलाई केलाउँदा जिल्ला तहमा ९ हजार ७ सय ७४ जना नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६ सय ३३ । वडामा १ लाख ७४ हजार २ सय ४५ । टोलमा २ लाख १ हजार ३ सय ६४ जना रहेका छन् ।
अहिले चुनाव परिचालनका लागि यी सबै कमिटीहरु सक्रियताका साथ फिल्डमा रहेको प्रचार संयोजक शाहीले बताउनु भयो । अध्यक्ष ओलीको पछिल्लो सन्देश पत्रबाट थप उत्साहका साथ नेता, कार्यकर्ता, संगठित सदस्यहरु टोलटोलमा पुगेका उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०८२ १२:४६