कसिमकोट । आजको पञ्चाङ्ग अनुसार वि.सं. २०८३ साल जेठ ३ गते आइतबार, इस्वी सन् २०२६ मे १७ तारिख हो ।
आज सिमकोटमा सूर्योदय बिहान ५ बजेर २४ मिनेट र सूर्यास्त बेलुकी ७ बजेर ७ मिनेटमा हुनेछ ।
विभिन्न राशी अनुसारको राशिफलको विस्तृत विवरण दिइएको छ ।
आज नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–प्रतिपदा, ४६ घडी १० पला, बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–कृतिका, २७ घडी २९ पला, बेलुकी ४ बजेर १६ मिनेट उप्रान्त रोहिणी । योग–शोभन, ५ घडी ५३ पला, बिहान ७ बजेर ३७ मिनेट उप्रान्त अतिगण्ड । करण–किंस्तुध्न, दिउसो १२ बजेर ५६ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–वृष ।
आजको बार बेला ।
बिहान ५ बजेर १६ मिनेटसम्म उद्वेग बेला ।
बिहान ५ बजेर १७ मिनेटदेखि बिहान ६ बजेर ५७ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर ३८ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ३९ मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २१ मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म काल बेला ।
दिउसो १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर ४२ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४३ मिनेटदेखि दिउसो ३ बजेर २३ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर २४ मिनेटदेखि बेलुकी ५ बजेर ४ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ५ बजेर ५ मिनेटदेखि बेलुकी ८ बजेर ४ मिनेटसम्म शुभ बेला ।
नोट ः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
ब्चनजबपजबअजष् ऋझभलत
बेलुकी ५ बजेर ४ मिनेटदेखि बेलुकी ६ बजेर ४५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोटः राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ४० मिनेटदेखि बिहान ४ बजेर २८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)ः आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पारिवरका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । व्यापार तथा शेयरमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)ः सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक वा राजनीतिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार तथा उद्योगमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा); लामो दुरीको यात्रा हुने भएता पनि यात्राका क्रममा ध्यान दिनुहोला समय मध्यम रहेको छ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कम मात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो); परिवार, आफन्त र इष्टमीत्रसँग आत्मीयता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । राजनीतिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् । पति पत्नीबिच सम्बन्धमा सुधार आउनेछ । राजनीति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईँको नाम चर्चामा आउनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा फैसला हुनेछ । साङ्गीतिक यात्राको प्रबल सम्भावना रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे); आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउँमा तपाईँको कामको प्रशंसा हुनेछ । व्यापार तथा उद्योगमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो); नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापूर्वक कामहरू सम्पादन गर्न सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । व्यावसायिक क्षेत्रमा तपाईँको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । आर्थिक क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते); स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अरूभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजाँदा अरूकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नेछ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)ः विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रसङ्गमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुनेछ । पारिवारिक भेटघाटमा मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायिक क्षेत्रबाट लाभ लिन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)ः लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहनेछ । व्यापार तथा उद्योगबाट राम्रै आम्दानी गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): समय राम्रो रहेकोले थोरै समयमा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ । पढाइ लेखाइकै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरीमा पदोन्नति हुने योग रहेको छ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा); आफूले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । आमा वा आफन्तसँग टाढिएर टाढाको यात्रा हुँदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटाबको सिर्जना नहोला भन्न सकिन्न । र पनि घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट कहीँ मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी लाभ लिन सकिनेछ । सवारी साधनको खरिद बिक्री तथा जग्गा जमिनको लगानीबाट आय आर्जनमा वृद्धि हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)ः महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ । व्यापार वा औद्योगिक क्षेत्रबाट लाभ लिन सकिनेछ ।
राशिफलले तपाईको आजको दिन जसरी बित्छ भनेपनि तपाईको मेहनत र परिश्रमले तपाईँको आजको दिन शुभ रहोस् ।
प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३ ०६:०८