काठमाडौं । हुम्ला-बाजुराको सिमा विवादका विषय सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलबीच छलफल भएको छ ।
सुदुरपश्चिम प्रशदेको चालु आर्थिक वर्षको विनियोजित बजेटमार्फत अस्थायी प्रहरी चौकी भवन निर्माणमा विषयमा शुरु विवादका विषयमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीको पहलमा कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलबीच छलफल भएको हो ।
मुख्यमन्त्री शाहले टेलिफोनमार्फत कर्णाली मुख्यमन्त्री कँडेलसँग छलफल गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र०८३ मा बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३, च्याचौर क्षेत्रमा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सोही अनुसार हिमाली गाउँपालिकामार्फत निर्माण कार्य अघि बढिरहेको हुँदा प्रहरी चौकी निर्माणको पक्षमा वातावरण बनाउन मुख्यमन्त्री शाहीले कर्णालीका मुख्यमन्त्री कडेललाई आग्रह गरेका थिए ।
घटनामा संलग्न दोषी व्यक्तिहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन प्रदेश सरकारमार्फत नेपाल सरकारसँग समन्वय गर्ने विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेसमक्ष शाहले आग्रह गरेका थिए ।
जवाफमा कँडेलले वास्तविक अवस्था बुझेर संघीय सरकारसँगको परामर्शमा प्रक्रिया अघि बढाउने बताएका छन् । यसअघि मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले जेठ ४ गते रानीशैन क्षेत्रमा भएको घटनाप्रती खेद प्रकट गरेको थियो ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउन पत्र लेखेका थिए ।
मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री शाहलाई पठाएको पत्रमा दुई जिल्लाका बीच उत्पन्न सीमा विवादका कारण स्थानीय नागरिकबीच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको हुँदा समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए ।
मुख्यमन्त्री कँडेलले विवाद समाधानका लागि संघीय सरकारले तत्काल आवश्यक पहल गर्न प्रधानमन्त्री शाहलाई ध्यानाकर्षण गराएका थिए ।
दुई जिल्लाका स्थानीय बीचको बिबाद उत्कर्षमा पुगी आपसमा कुटाकुट हुनुका साथै प्रहरी चौकी निर्माणार्थ लगिएका निर्माण सामाग्री समेत हुम्लाका स्थानीयले फालिदिएका थिए । हुम्लाका स्थानीयको आक्रमण बाट कर्मचारी, प्रहरी र जनप्रतिनिधिसहित ६ जना घाइते भएका थिए ।
दोषी माथि कारबाहीको माग गर्दै बाजुराका स्थानीयले कर्णारी करिडोर सडक खण्ड बन्द गराउँदै आएका थिए। शुक्रबारको सर्वपक्षिय बैठकले ६ बुँदे सम्झदारी गरेपछि दिउँसोदेखि सडक खण्ड खुलेको थियो ।
अस्थायी प्रहरी चौकी निर्माण हाम्रो योजनामा छैन्, प्रहरी महानिरिक्षक दानबहादुर काकी
प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले बाजुरा र हुम्लाको बीचको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण बारेमा आफूलाई जानकारी नभएको बताएका छन् ।

हुम्ला र बाजुरा बीच सिमा विवाद चर्केपछि सुक्रकबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संसदहरुको जिज्ञासाको जवाफ दिदैं यसे बताएका हुन् ।
सांसदहरुको जवाफमा प्रहरी प्रमुख कार्कीले भने, ‘प्रहरी चौकी राख्न पाउँ भन्ने विषयमा झडप चाही भैरहेको छ । त्यहाँ ९बाजुरा० का पालिका अध्यक्ष र वडा अध्यक्ष ज्यूहरुले आफै भवन बनाउँछु भन्नु भएको छ । कता कताबाट बनाउने हो रु त्यसमा कसरी जाने हो रु अहिले बन्ने कुरापनि भएको छैन् । अहिले प्रहरी पठाउन सक्ने अवस्था पनि छैन् । अब बाजुरा र हुम्ला बिचको प्रहरी चौकी बनाउनै पर्छ भन्ने झडप चाही त्यहाँ भएको छ ।’
विवादले दुई जिल्ला बीच भएको विवादले कर्णाली कोरिडोरको बाजुरा जिल्लाको धुलाचौरमा अवरुद्ध भएकै बेला संसदीय समितिलाई जवाफ दिदैं प्रहरी महानिरिक्षक कार्कीले भने, ‘त्यो चौकी बनाउने निर्णइ हामीले गरेका पनि छैनौं । चौकी बनाइ हाल्नका लागि हामीसँग जनशक्तिपनि छैन् । हाम्रा स्विकृत युनिट भनेका २ हजार ६ सय ६० वटा हुन् । अहिले २ हजार ६ सय ६० वटा स्विकृत युनिटका अलावा नागरिकको व्यस्त माग भएअनुसार १ हजार ३ सय ५६ वटा फेरि अस्थायी प्रहरी चौकी त बनिनैं सकेका छन् । अब फेरि अर्को चौकी बनाइहाल्ने अवस्था छैन । बाध्यात्मक परिस्थितीमा ओभर स्टेश छ । नेपाल अन्तराष्ट्रिय एयरपोर्ट बनाइराख्दा खेरी एउटा प्रहरी राख्नुपर्छ भन्ने सो नभएका कारणले, योजना विद्को, विज्ञहरुको सोचमा प्रहरी राख्नुपर्छ भन्ने सोच नभएका कारणले हामीलाई जनशक्ति निकै अभाव छ ।’
प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३ ११:१८