न्यु जर्सी । स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ । अतिरिक्त समयमा गरेको गोलमा स्पेनले न्यु जर्सीको मेटलाइफ रंगशालामा सोमबार बिहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० गोलले पराजित गरेको हो ।
स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो । तर निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन । अतिरिक्त समयमा धकेलिएको खेलको पहिलो हाफमा पनि कुनै गोल हुन सकेन । तर फेर्रान टोरेजले १ सय ६ मिनेटमा गरेको गोलमा स्पेनले उपाधि जितेको हो ।
निको विलियम्सले दिएको पासमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका उनले गोल गरेका थिए । स्पेनले यसअघि २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेको थियो ।
दोस्रो हाफको इन्जुरी टाइममा इन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । ब्राजिलका काफुपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ३ विश्वकप खेल्ने कीर्तिमान बनाए । तर उनले फाइनलमा कुनै जादु देखाउन सकेनन् । उनी अधिकांश समय स्पेनको मिडफिल्डको घेराभित्रै रहे ।
यसअघि १९७८, १९८६ र २०२२ को पछिल्लो संस्करणमा विश्वकप जितेको अर्जेन्टिनाले फाइनलमा भोगेको यो चौथो पराजय हो । २०२२ को कतारमा भएको पछिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरी उपाधि जितेको थियो ।
व्यक्तिगत अवार्डमा स्पेनको बर्चस्व
काठमाडौं । स्पेनका कप्तान रोड्रीले फिफा विश्वकप २०२६ को सर्वोत्कृष्ट खेलाडी हुँदै 'गोल्डेन बल' जितेका छन्।
प्रतियोगिताभरि उत्कृष्ट र प्रभावशाली प्रदर्शन गर्दै उनले अवार्ड जितेका हुन्। त्यस्तै अर्जेन्टिनाका स्टार लिओनल मेसीले 'सिल्भर बल' (दोस्रो उत्कृष्ट खेलाडी) हात पारे भने फ्रान्सका किलियन एम्बाप्पेले 'ब्रन्ज बल' प्राप्त गरे।
फ्रान्सका स्टार किलियन एम्बाप्पेले १० गोल गर्दै 'गोल्डेन बुट' जितेका छन्। उनले सन् २०२२ मा पनि अवार्ड हात पारेका थिए। शनिबार मियामीमा भएको तेस्रो स्थानको रोमाञ्चक खेलमा फ्रान्स इङ्गल्याण्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले दुई गोल गरेका थिए।
योसँगै उनी विश्वकप इतिहासकै 'अल–टाइम लिडिङ स्कोरर' (सबैभन्दा बढी गोल गर्ने खेलाडी) बनेका छन्। उनले लियोनेल मेस्सी (८ गोल) लाई पछि पार्दै यो सफलता पाएका हुन्।
स्पेनका गोलकिपर उनाई सिमोनले 'गोल्डेन ग्लोभ्स' जितेका छन्। उनलाई यो विश्वकपमा गोल गर्न असम्भव जस्तै देखियो। पुरै प्रतियोगिता अवधिभर उनले मात्र १ गोल खाएका थिए, जुन उनको उत्कृष्ट प्रदर्शनको प्रमाण हो।
स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले 'सर्वोत्कृष्ट युवा खेलाडी'को पुरस्कार जितेका छन्। बार्सिलोनाकास्टारले मैदानमा देखाएको संयम र मजबुत रक्षापंक्तिका कारण नै स्पेनले प्रतियोगिताभर मा पुरस्कारहरूको सूची
- गोल्डेन बल (उत्कृष्ट खेलाडी)ः रोड्री (स्पेन)
- सिल्भर बलः लिओनल मेसी (अर्जेन्टिना)
- ब्रन्ज बलः किलियन एम्बाप्पे (फ्रान्स)
- गोल्डेन बुट (सर्वाधिक गोलकर्ता)ः किलियन एम्बाप्पे (१० गोल)
- गोल्डेन ग्लोभ्स (उत्कृष्ट गोलकिपर)ः उनाई सिमोन (स्पेन)
- युवा खेलाडी पाउ कुबार्सी (स्पेन)
प्रकाशित मिति: सोमबार, साउन ४, २०८३ ०९:३७