सिमकोट । हुम्लाको महावौद्ध माध्यमिक विद्यालयको वार्षिक आम्दानी दुई करोड १ लाख ४८ हजार पाँच सय ४४ रुपैया रहेको छ ।
जिल्लाको नाम्खा गाउँपालिकाको लिड विद्यालयका रुपमा रहेको उक्त विद्यालयले गएको आर्थिक वर्ष २०८२।०८३ मा वर्षभर उक्त आम्दान गरेको जनाएको छ । हुम्ला, बाजुरा, मुगु लगायतका जिल्लाका विद्यार्थीहरुलाई आवासिय रुपमा भर्ना गरेर अध्ययन अध्यायपन गराई रहेको सरकारी उक्त सरकारी विद्यालयले एक करोड पचाअसी लाख त्रियासी हजार पाँच सय चवालिस रुपैया खर्च गरेको विद्यालयका प्रधानाध्यापक श्रीधर कार्कीले जानकारी दिए ।
विद्यालयमा आयोजित ४६ औं वार्षिक उत्सव तथा अविभावक दिवशका अवसरमा विद्यालयको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक श्रीधर कार्कीले भने, ‘खर्च र आम्दानीका हिसाबले हाम्रो विद्यालयको नाममा गएको आर्थिक वर्ष १५ लाख ६४ हजार ७ सय ४३ रुपैयाँ ३७ पैसा नगद मौज्दात रहेको छ ।’
नेपालको संविधान अनुसार माध्यमिक तहको शिक्षाको सञ्चालन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई हस्तान्तरण गरपछि सरकारी विद्यालय आर्थिक रुपमा समस्यामा परेको भनेर टिप्पणी भैरहेको बेला हुम्लाको उत्तरी क्षेत्रको महावौद्ध माविले यसरी आम्दानी गरेको विवरण सार्वजनिक गरेको छ ।
विद्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विद्यालयको कुल आम्दानी २ करोड १ लाख ४८ हजार २ सय ८८ रुपैयाँ २७ पैसा रहेको छ। सो अवधिमा कुल खर्च १ करोड ८५ लाख ८३ हजार ५ सय ४४ रुपैयाँ ९० पैसा भएको र हाल विद्यालयको बाँकी मौज्दात १५ लाख ६४ हजार ७ सय ४३ रुपैयाँ ३७ पैसा रहेको जानकारी दिइयो।
कार्यक्रममा विद्यालय भित्र गएको आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ठ हुने विद्यार्थी, शिक्षक तथा विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । विद्यालयको तर्फबाट विविध साँस्कृतीक कार्यक्रम अन्तरगत नृत्य, गीत, नाटक तथा अन्य सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरिएको वार्षिक उत्सवलाई भव्य रुपमा सम्पन्न गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लातार लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले महावौद्ध नाम्खा गाउँ पालिकाको मुटु विद्यालयका रुपमा रहेको प्रतिक्रिया दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष लामाले विद्यालयको थप गुणस्तर कायम गर्नका लागि पालिकाको तर्फबाट अँझै सहयोग गर्न आफू तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । महावौद्धको व्यवस्थापन र शिक्षण शिकाई उपलब्धीका हिसाबले जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएकोमा प्रशंसा गर्दै लामाले ये स्थिती राखि राख्नका लागि सबैले योगादन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका अन्य वक्ताहरूले समेत महाबौद्ध माध्यमिक विद्यालयले दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयको इतिहास, शैक्षिक गतिविधि र उपलब्धिहरू समेटिएको वृतचित्र प्रदर्शन गरेको थियो । उक्त वृतचित्र जसले उपस्थित सबैको ध्यान आकर्षित गरेको थियो ।
वि.सं. २०३७ सालमा स्थापना भएको महाबौद्ध माध्यमिक विद्यालयले यस वर्ष आफ्नो ४६ वर्षे शैक्षिक यात्रा पूरा गरेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३ २१:२६