काठमाडौं । रसुवको भोटेकोसी बाढीमा ज्यान गुमाउने संख्या एक हजार २५२ पुगेको छ ।
गएको भदौं १० गते बुधबार बिहान गएको विनमशकारी बाढीमा परेर ज्यान गुमाउनेको संख्या अहिलेसम्म एक हजार २ सय ५२ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पुष्टी गरेको छ ।
प्राधिकरणका अनुसार अझै चार हजार २१६ जना सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार आज (बिहीबार) मध्याह्न १२ बजेसम्म नदी किनारमा एक हजार २५२ शव भेटिएका छन्। सबैभन्दा बढी चितवनमा २५५ जनाको शव भेटिएको छ।
त्यस्तै, रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २०८ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ।
भोटेकोसी बाढीपछि चार हजार २१६ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेहरूमध्ये सबैभन्दा बढी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदूर रहेका छन्। विभिन्न ११ वटा आयोजनामा कार्यरत नौ सय जना सम्पर्कविहीन छन्।
त्यस्तै, ५८३ विदेशी पर्यकट पनि सम्पर्कविहीन छन्। रसुवाका मात्रै ८६५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढीपछि सम्पर्कविहीनको खोज तथा उद्धार जारी रहेको छ। चीन, भारत र दक्षिण कोरियाको टोलीसँगै नेपाली सुरक्षाकर्मीले खोजबिन गरिरहेका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३ १२:५६