समकोट, हुम्ला । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालीकामा याल्वाङ्ग, लिमी महोत्सव शुरु भएको छ ।
चिनसँग सिमा जोडिएको पर्यटकीय क्षेत्रका रुपमा चिनिने नाम्खामा आन्तरिक तथा बाह्य पर्यटक भित्र््याउने लक्ष्यले आजदेखि महोत्सव शुरु भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्ण्बहादुर लामाले जानकारी दिए । उनका अनुसार लोपोन्मुख जडिबुटी, लामा समुदायमा प्रचलित धार्मीक गतिविधि, उच्च हिमाली क्षेत्रमा पाईने पशुबस्तु र हिमाली खान्कीको पूर्दशनी र प्रचार स्वरुप गउँपालिकाको आयोजनामा महोत्सव शुरु भएको हो ।
चिन जाने भिसा नभएका आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि नाम्खाको लिमिबाटै हिन्दु र बौंद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र मानिने कैलाश मानसरोवरको दर्शन गर्न सकिने स्थान र मार्गका बारेका सूचना समेत दिने भएकाले पनि यो महोत्सवको महत्व बढेर गएको मानिएको पालिका अध्यक्ष लामाले बताए ।
महोत्सवमा लोप उन्मुख जंगली चौरी, घोडा र अन्य वनस्पती तथा वन्यजन्तुको अवलोकन गनर््का साथै स्थानीय जातका अर्गानिक परिकारहरू फापरको रोटी, ढिडो, चिनोे चामलको भात, खीर, चौरी घ्यू, नौनी, छुर्पी, नाफलको रोटी, उवा सातु, सिस्नु, उच्च स्थानमा पाईने सिमीको दाल, जिम्बुको स्वाद लिन पाइने व्यवस्था गरिएको छ ।
महोत्सवमा स्थानीय पहिरन, लामा समुदायका महिलाले भेडाको रौंबाट तयार पारेका उनी कपडा, काष्ठकला तथा अन्य आकर्षक सामाग्रीहरूका विभिन्न स्टलहरूको अवलोकन समेत गर्न सकिने व्यवस्था गरएको छ ।
नाम्खा ख्योङ्गजुङ गुम्बा नजिको याल्वाङ्ग चौरमा आयोजना गरिएको महोत्सवमा हुम्लाबाट पूतिनिधित्व गर्ने पूतिनिधिसभाका सदस्य छक्कबहादुर लामा र जिल्ला समन्वय समितीका प्रमुख दानबहादुर रावतले सामुहिक रुपमा उद्घाटन गरेका छन् ।