बाँके – १३औं दक्षिण एशियाली खेलकुद (साग) को ओलम्पिक टर्च ¥याली नेपालगञ्ज आइपुगेको छ ।
मंसीर ६ गते स्यम्भुबाट निस्केर एक नम्बर प्रदेश हुँदै नेपालगञ्ज आइपुगेको टर्च ¥यालीका सहभागीलाई नेपालगञ्ज रंगशालामा खेल पदाधिकारीहरुले स्वागत गरेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेत, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष नरेन्द्र थापाले टोलीलाई स्वागत गरेका थिए । भेट्रान खेलाडीहरु टर्च ¥यालीको देश दौडाहामा रहेका छन् ।
ओलम्पिक टर्च ¥यालीले नेपालगञ्ज रंगशाला परिक्रमा गरेको थियो । २५ करोड बढीको खर्चमा बनेको सुविधायुक्त रंगशालालाई एक फन्को मारेर टर्च ¥याली बाहिरिएको थियो । टर्च ¥यालीमा जीतबहादुर केसी, कान्छीमाया कोजु, ज्ञानबहादुर बोहरा, मुकुन्द श्रेष्ठ, टीकाराम श्रेष्ठ र राजकुमारी पाण्डे रहेका छन् ।
नेपालका लागि अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी केसीले नेपालमा साग हुँदैछ भन्ने देशव्यापी प्रचारका लागि टर्च लिएर निस्केको बताए । धावक कोजुले देशभर नै सागको प्रचार होस् र नेपालले धेरै पटक जितोस् भन्ने कामना सहित ¥याली निकालिएको बताए ।
टर्च ¥याली विराटनगर, जनकपुर, चितवन, लुम्बिनी, बुटवल, सुर्खेत हुँदै नेपालगञ्ज आइपुगेको छ । अब धनगढी गएर पोखरा हुँदै काठमाडौं फर्किने केसीले जानकारी दिए । मंसीर १५ देखि २४ गतेसम्म नेपालमा १३ औं साग हुँदैछ ।