काठमाडौं । सोमबार बिहानै आकस्मिक भएको घटना पछि उपचार क्रममा पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
ललितपुर सानेपास्थित निजी निवासमा घरको भन्छामा करिब ११ बजेतिर अचेत तथा रगत लतपतिएको अवस्थामा भेटिएकी पत्नी कार्कीलाई प्रहरीको सहयोगमा नजिकैको स्टार अस्पतालमा पुराइएको थियो ।
पशुपति नाथको दर्शन गरेर फर्केका पूर्व सचिव कार्की घरको भान्छामा पुगेपछि चिच्याएका थिए । तत्कालै स्थानीयहरु जम्मा भई प्रहरी बोलाइएको थियो ।
घटना बिहानै १० बजेतिरै घटेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले भान्छा बाहिर बरन्डामा डोरीमा झुन्डिएको अवस्थामा कामदार विजय चौधरीलाई भेटाएका थिए ।
कोठामा गम्भिर घाइते अवस्थामा फेला परेकी श्रीमती कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो भने घाँटीमा पनि चोट रहेको थियो । शरीर र हातमा नीलडामहरु भेटिएको अस्पताल स्रोतले बतायो ।
अस्पताल प्रशासनले जानकारी दिए अनुसार श्रीमती कार्कीको टाउकोमा धेरै गम्भीर चोट देखिएको छ ।
उपचारमा संलग्न एक डक्टर अनुसार श्रीमर्ती कार्कीको टाउकोमा गहिरो चोट थियो। हामीहरुको टोलीले पौने घण्टासम्म पिपिआर दिएर रिभाइभ गर्ने कोशिस गर्यौं। तर सफल हुन सकेन ।’
प्रहरी परिसरका मुद्दा शाखाका डिएसपी सन्तोष तामाङले अहिले घटनास्थलको मुचुल्का तयारी भइरहेको जानकारी दिए । प्रहरीले कार्कीको घरको भान्छा कोठाको टेबुलमा साग र मोबाइल फोन फेला परेको बताएको छ ।
प्रहरी थप अनुसन्धान गरिरहेको बताउँछ ।