असोज १२, सिमकोट । सिमकोटका प्राय मासु पसल मापदण्ड विपरित भएको भेटिएको छ ।
नेपालीहरुका ठूला चाडबाड नजिकिँदै लाग्दा सिमकोट बजारका मासुपसलमा गरिएको बजार अनुगमनका क्रममा त्यस्तो भेटिएको हो ।
सिमकोट गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा सदरमुकाम ‘सिमकोटको बजारमा भएका २१ वटा मासु र एग्रोभेट पसलको अनुमनका क्रममा प्राय पसलले निकै फोहोरो मासु विक्रि गर्ने गरेको पाइयो ।’ सिमकोट गाउँपालिकाका पशु सेवा शाखा प्रमूख विष्णु बुमीले भने “अधिकांश मासु पसल मापदण्ड विपरित छन् ।”
अनुगमनका क्रममा जिल्ला सदरमुकाकामकै व्यापारीले नेपालगञ्ज, सुर्खेतबाट हवाइजहाजमा ल्याएको मासु व्यापारीले तीन देखि चार दिनसम्म राखेर बिक्री गरेको पाइएको शाखा प्रमूख बुमीले नेपालबोडलाई जानकारी दिए ।
अधिकांश मासु पसलले बाासी र निकै फोहोर मासु अव्यवस्थित तवरले विक्रियवितरण गरेको भेटिएको बताएका सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतले त्यस्ता व्यापारिलाई गाउँपालिकामा बोलाएर सुधारको लागि मौका दिने बताए । पालिकाले दिएको समयमा समेत पसलेले सुधार नगरे त्यस्ता मासु पसललाई बन्द गर्ने बताएका अनुगमन समितिका संइोजक समेत रहेका उपाध्यक्ष रालतले चौमासिक रुपमा अनुगमनाई नियमित दिएको दावी गरे ।
गएका वर्षका तुलनामा यस वर्ष सिमकोटका मासुपसलमा केही सुधार आएको बताएका सिमकोट गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले त्यस्ता व्यापारीलाई केही दिन सुधारका लागि समय दिएको र यदि मापदण्डभित्र नआए कारबाही अगाडि बढाउने चेतावनी दिए ।
मासु पसलको फ्रीजमा राखिएको मासुनिकै गन्हाउने हुँदा पनि पसलेले बेचरहेको बताएका दर्जीले त्यसलार्य तत्कालै हटाउन आफूले निर्देशन दिएको बताए ।
सिमकोट बधस्थल समेत व्यवस्थित नभएको, व्यवसायी दर्ता न्यून भएको र मासु राख्ने स्थान सफा नभएको हुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष छक्क रोकायाले बताए ।
अनुगमनका क्रममा २० वटा पसलमध्ये एक मासुपसल दर्ता नभएको, दुई नविकरण नभएको र दुईवटा पसल अनुगमनका क्रममा बन्द भएको भेटिएको छ । पसलको पर्याप्त मात्रमा क्षेत्रफल हुनुपर्ने, सेतो पर्दा लगाउनुपर्ने, निकासी तथा फोहोर व्यवस्थापन उचित व्यवस्था हुनुपर्ने, स्वच्छ र सफा पानीको व्यवस्था हुनुपर्ने, मासु विक्रेताले छुट्टै पोशाक लगाउनुपर्ने, चिस्यानका लागि डिप फ्रिज हुनुपर्नेलगायतको मापदण्डमा नरहेको समेत प्रमुख प्रशासकीय अधिकृत दर्जीले जानकारी दिए ।
अनुगमनमा अधिकांश पसलमा इजाजत पत्र देख्नेगरी नराखेको, मूल्य सूची नभएको, दर्ता प्रमाणपत्र नवीकरण नभएको भेटिएको पशु सेवा शाखा प्रमुख विष्णु बुमीले बताए । यसैगरी सिमकोटमा रहेको एक मात्र जनता एग्रोभेटमा समेत अनुगमन गरिएको थियो ।
जिल्लामा दैनिक २५ सय किलोग्राम मासु भित्रिने गरेको छ । जिल्लामा उत्पादन मासु नपुग्ने भएपछि नेपालगञ्ज र सुर्खेतलगायत छिमेकी जिल्लाबाट र तिब्बतको ताक्लाकोटबाट ल्याएर च्याङ्ग्राको मासु बिक्री गरिन्छ । आर्थिक वर्ष २०७५।०७६ सालको वार्षिक स्वीकृति कार्यक्रम अन्तर्गत सिमकोट बजारमा रहेका मासुपसल मात्र निरीक्षण गरिएको हो । स्थानीय प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघ, सञ्चारकर्मीलगायतको अनुगमन टोलीले मासु पसलको अनुगमन गरेको थियो ।
बधसाला पनि फोहोर
सिमकोटमा भएका पशुबधशाला पनि निकै फोहोर भेटिएका छन् । पुरै फोहोरै फोहोरको डुंगुरका रुपमा रहेका पशुबधशाला हेर्दा मासु खानै मन नलागेको अनुगमनमा संलग्न सिमकोट गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत अर्जन दर्जीले बताए ।
सिमकोटमा भएको एक मात्रै वासु बधशालामा खसी काट्दा निकै फोहोर देखिएको थियो । बधशालाको न्यूनतम मापदण्ड समेत नभएको अवस्थामा भेटिएको उक्त बधशालालाई अब सुधार गर्ने प्रतिवद्धता वासु बधशालाका प्राप्राइटर वासु रावतले व्यक्त गरे ।
शुरुमा सुधार गरेको बताएका रावतले वर्षात धेरै भएका कारण फोहोर देखिएको दावी गरे । हरेक दिन २ देखि ५ वटा समम खसी काटिने उक्त बधशाखालाई जिल्ला पशु सेवा कार्यालयले समेत व्यवस्थापनका लागि सहयोग गरेको जनाएको थियो ।
म्याद सकिएको औषधी नष्ट
अनुगमनका क्रममा सिमकोटमा भएको एक एग्रोभेटले राखेको म्याद नाघेको औषधी बरामत गरी जनष्ट गरिएको छ ।
सिमकोट माथिल्लो बजारमा भउको दर्पण जनरल स्टोरमा राखिएको पशुको औषधी मध्ये पशुको भिटामिन सम्बन्धि हजार पिस ट्याब्लेटको मिति सकिएको पाइएको छ । मिति सकिएको औषधिलाई अनुगमन टोलीले नियन्त्रर्णमा लिएर नष्ट गरिएको छ ।
अधिकांश पसल दर्ता विनै
अनुगमनका क्रममा सिमकोटका अधिकांश मासु पसल दर्ता विनै सञ्चालनमा रहेको पाइएको छ ।
जिल्ला घरेलु कार्यालय, उद्योग बाणीज्य संघ देखि सिमकोट गाउँपालिकामा समेत मासु बेच्ने अनुमती लिनु पर्ने कानुनी व्यवस्था भएपनि सिमकोटका अधिकांश पसल दर्ता बिनै सञ्चालनमा आएको पाइएको हो । अनुगमनामा मासु पसलले पालिकामा दर्ता नगरेको पाईयो प्रमूख प्रशासकिय अधिकृत दर्जीले भने सबैलाई अब पत्राचार गरेर दर्ताको दायरामा ल्याँउछौ । दर्ता नहुनेलाई अर्को पटक देखि पसलनै सिज गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । अनुगमन गरिएका २१ पसलमध्ये गउाँपालिकामा १ पसल मात्रै दर्ता भएको पाइयो । भने घरेलुमा झण्डै आधाभन्दा बढी दर्ता नभएको पाइएको छ ।