धरान, २४ जेठः नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले जुम एप्लिकेशन मार्फत डिजिटल बैठक सम्पन्न गरेको छ ।
प्रदेश १ का संसदीय दलका नेता तथा सुनसरी सभापति राजिव कोइरालाको अध्यक्षतामा बसेको डिजिटल बैठकले कोभिड–१९ को महामारी जनस्वास्थ्य र राहत, संविधान संशोधन, एमसीसी, पार्टीको आगामी महाधिवेशन, केन्द्र, प्रदेश र स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम, शैक्षिक क्रियाकलाप, रूकुम घटना, धरानको खानेपानी आयोजना, लगायतका राष्ट्रिय तथा स्थानीय समसामयिक विषयवस्तुहरू माथि गहन छलफल, विचार विमर्श र आवश्यक निर्णयहरू गरेको जिल्ला प्रवक्ता एवम् सचिव सुजेन्द्र गोलेले बताए ।
बैठकमा स्वागत गर्दै लक डाउनका कारण दुई महिनादेखि जिल्ला कार्यसमितिको बैठक बस्न नसकेका कारण प्रविण्धिको सदुपयोग गर्दै डिजिटल बैठकको आयोजना गरिएको सभापति कोइरालाले बताए । उनले अबको युगमा सबैको प्रविधिमा पहुंच पुराउनुपर्ने आवश्यकता देखिएको बताउंदै डिजिटल बैठकलाई निरन्तरता दिने बताए ।
जिल्ला सचिव केदार भण्डारी र जिल्ला सदस्य विरेन्द्र शाहले सहजिकरण गरेको बैठकमा सांसद सिताराम मेहता, वरिष्ठ नेता प्रदिप चौधरी, उपसभापतिद्धय संजयप्रसाद श्रेष्ठ र हरिलाल मेहता, सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, सहसचिव नगेशचन्द्र राई, जिल्ला सदस्यहरू गोविन्द विश्वकर्मा, निलकुमारी गिरी, विमला ढकाल, दिपेशजंग बस्नेत, रूपा कार्की, अलिम अन्सारी, रमला तामाङ, कृष्ण मेहता, विनोद मेहता, प्रदिप मेहता, रंजेश भट्टराई, सुनिल साह, गोविन्द बस्नेत, सहनाज वेगम, चुमुकलाल राय, योगेन्द्र मेहता, इनरूवा नगर प्रमुख राजन मेहता, देवानगञ्ज गाउंपालिका अध्यक्ष, लालीप्रसाद मेहता, प्रदेश सभा सदस्यका प्रत्यासी बुद्धि कटवाल लगायतले विचार राखेका थिए ।