असोज २३, सिमकोट । छिमेकी मुलुक चिनले सिमाना जोडिएको हुम्लाका विभिन्न पक्षको प्रतिनिधित्व सहितो जम्बो टोलीलाई चिन भ्रमणको निम्तो दिएकै अवसरमा संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलसहित १५ सदस्यीय उच्च अधिकारीको टोली अहिले हुम्ला पुगेको छ ।
विभिन्न चरणमा नेपालको औपचारिक भ्रमणमा हिल्सा नाकालाई वैधानिक नाका रुपमा अघि सारिएको वेला गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको टोली नेपाल चिनको सिमाना हिल्साको भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
संघिय सरकारद्धारा औपचारिक नाकाका रुपमा अघि सारिएको हिल्सामा निर्माण हुन लागेको अध्यगमन कार्यालयको नयाँ भवन सिलान्यासको सिलसिलामा गृहमन्त्री, गृह सचिव, भन्सार विभागका महानिर्देशक, कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री सहितको उच्च अधिकारीको टोली हुम्लामा आएको हो ।
अहिले पौने १० बजे नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट सिमकोट टेकअप गरेको उक्त टोली अहिले नेपाल चिनको सिमाना हिल्सा पुगेको छ ।
चिनको पुराङ्ग काउण्ट्रीको औपचारिक निमन्त्रणामा हुम्लाका १० सरकारी अधिकृत, १० जना निजिक्षेत्रका व्यापार व्यावसायिक, १० जना विभिन्न विद्यालयका विद्यार्थी र ३ जना शिक्षकको जम्बो टोली पहिलो पटक चिनको औपाचारिक भ्रमणका क्रममा ताक्लाकोट गएको पछिल्लो दिनमै सरकारी उच्च अधिकारीको टोली हुम्लाका हुँदै चिनको सिमानामा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तर टोली नितान्त अध्यगमन कार्यालयको भवन सिलान्यास गर्नकै लागि मात्रै आएको बताएका हुम्लाका प्रमूख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले छिमेकी मुलुका अधिकारीसँगको कुनै औपाचारि भेटघाट नहुने बताए ।
गृहमन्त्री नेतृत्वको टोली नितान्त भवनको सिलान्यास गरेर सिमानाको सामान्इ निरिक्षण मात्रै गर्छ प्रमूख जिल्ला अधिकारी ढुंगानाले नेपालबोटसँग भने, “छिमेकी मुलुका चिनका अधिकारीसँगको भेटघाटका बारेमा कुनै समय तय भएको छैन् ।”
तर सरकारका उच्च अधिकारी आएको वेला साइटलाइन भेट हुनसक्ने एक सुरक्षा अधिकारीले जानकारी दिए । हिल्सा पुलको उद्घाटनका क्रममा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हिल्सा भ्रमणका क्रममा समेत केही चिनिया अधिकारी हिल्सामा आएर सामान्य भेटवार्ता भएको वताएका ति अधिकारीका अनुशार केन्द्रबाटै केही तय भएको भए हिल्सामा गृहमन्त्री सहित प्रदेशका मुख्या मन्त्री र अन्य मन्त्रीले चिनियापक्षसँग समेत भेट गर्न सक्न्े आँकलन गरिएको छ ।
केही समय अधि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चिनको सिचुवान प्रदेशको भ्रमणका क्रममा हिल्सा जमुना सडकको अध्ययनका बारेमा औपचारिक वार्ता भएको कुरा बताइएको थियो ।
मूख्यमन्त्री शाहीबाट केही समय अघि उक्त कुरा बाहिर आउनु र अहिले गृहमन्त्री सहतका उच्च अधिकारीकोजम्बो टोली हिल्सा आउनुले चिनिया पक्षसँग समेत भेटवार्ता हुनसक्ने स्रोतले जनाएको छ ।