जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको