राजन सिलवाल
काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० यतिबेला नेतृत्व विवाद र आन्तरिक कलहको रापमा पिल्सिइरहेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मदन जयन्तीमा दिएको अभिव्यक्तिपछि अन्य नेताले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपा आन्तरिक किचलोमा छ ।
स्थायी समितिमा नेताहरुबीच शक्तिसंघर्ष चलिरहेका बेला नेकपाको प्रदेश, जिल्ला र स्थानीय तहसम्म गुटको पक्षधरता देखिएको छ । पार्टी एकीकरणका बेला तत्कालीन एमाले र माओवादीबीच भएको बाँडफाँड र एमालेमा पनि केपी शर्मा ओली र माधवकुमार नेपालबीच भएको शक्ति बाँडफाँड अनुसार नै अहिले नेकपामा तल्लो तहसम्म अन्तर्विरोध देखिएको हो ।
नेकपामा अहिले खासगरी ओली समूह र प्रचण्ड–नेपाल गरी दुई समूहको टकराव छ । तर खासमा नेकपाको शक्ति सन्तुलन ओली, प्रचण्ड र नेपाल समूहमा रहेको छ । पार्टीमा यतिबेला प्रचण्ड बलिया देखिएका छन् भने ओली र नेपालको आन्तरिक पकड केही कमजोर देखिएको छ ।
नेकपाले तल्लो तहको एकीकरण टुङ्ग्याउँदा ७७ जिल्लामध्ये तत्कालीन एमालेले ४१ जिल्लामा इन्चार्ज र ४४ जिल्ला अध्यक्ष तथा माओवादीले ३६ जिल्लामा इन्चार्ज र ३३ जिल्लामा अध्यक्ष पाउने सहमति भएको थियो । सहमतिअनुसार जिल्ला अध्यक्ष तत्कालीन एमालेबाट हुँदा सचिव माओवादी र अध्यक्ष माओवादीको तर्फबाट भएका जिल्लामा सचिव एमालेले पाएको थियो ।
पूर्वमाओवादी समूह प्रचण्डको नेतृत्वमा रहेको र पूर्व एमाले ओली र नेपाल खेमामा बाडिँदा प्रचण्ड केही बलिया देखिएका छन् । तर प्रदेश संरचनामा भने तत्कालीन एमालेले ६ प्रदेशको इन्चार्ज र ३ प्रदेशको अध्यक्ष तथा माओवादीले १ प्रदेशको इन्चार्ज र ४ प्रदेशको अध्यक्ष पाएका छन् ।
जसअन्तर्गत तत्कालीन एमालेबाट प्रदेश १ इन्चार्ज भीम आचार्य, प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डल, बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ इन्चार्ज शंकर पोखरेल, सुदुरपश्चिम प्रदेश इन्चार्ज भीम रावल रहेका छन् । यस्तै प्रदेश १ अध्यक्ष देबराज घिमिरे, कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी र सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा रहेका छन् ।
यता तत्कालीन माओवादीबाट भने कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा रहेका छन् भने ४ वटा प्रदेश अध्यक्षहरुमा प्रदेश २ मा प्रभु शाह, बागमती प्रदेशमा नारायण दाहाल, गण्डकी प्रदेशमा हितराज पाण्डे, प्रदेश ५ मा ओनसरी घर्ती रहेका छन् ।
प्रदेश नेतृत्वमा नेपाल केही बलिया देखिएका छन् । नेपाल पक्षबाट ३ जना प्रदेश इन्चार्ज रहँदा ओली पक्षबाट ३ जना र प्रचण्ड पक्षका १ जना मात्रै प्रदेश इन्चार्ज रहेका छन् ।
पार्टीमा आन्तरिक रुपमा जिल्ला तहमा कुन नेताको पकड कति छ भन्ने विषयमा संख्यात्मक रुपमा हेरौँ ।
इन्चार्जहरु
तत्कालीन एमालेबाट ४१ जिल्ला ९ओली २३ तथा नेपाल १८० तथा ४ महानगरपालिका
काठमाडौं, लमजुङ, स्याङजा, मनाङ, नवलपरासीपूर्व, म्याग्दी, मुस्ताङ, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, अर्घाखाची, रुकुम पूर्व, बाँके, बर्दिया, दैलेख, जाजरकोट, मुगु, डोल्पा, दार्चुला, कञ्चनपुर, डोटी, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेहथुम, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी, सिरहा, बारा, पर्सा, चितवन, मकवानपुर, नुवाकोट, रामेछाप, काभ्रे, बझाङ र बाजुरा जिल्ला तथा काठमाडौं, ललितपुर, पोखरा र वीरगन्ज महानगरपालिका ।
तत्कालीन माओवादीबाट ३६ जिल्ला तथा २ महानगरपालिका
जुम्ला, हुम्ला, सल्यान, रुकुम पश्चिम, बैतडी, डडेलधुरा, कैलाली, अछाम, कास्की, पर्वत, बाग्लुङ, कपिलवस्तु, गुल्मी, प्यूठान, दाङ, रोल्पा, सुर्खेत, कालिकोट, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, भक्तपुर, ललितपुर, सोलखुम्बु, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पाँचथर, इलाम, धनकुटा, भोजपुर, गोरखा, तनहुँ जिल्ला तथा भरतपुर र विराटनगर महानगरपालिका ।
जिल्ला अध्यक्षहरु
तत्कालीन एमालेबाट ४४ जिल्ला ९ओलीपक्ष २८ तथा नेपालपक्ष १६०
ओली पक्ष; राजकुमार भण्डारी – पाँचथर, चिन्तन पाठक – झापा, विनोद ढकाल – मोरङ, राजेन्द्र राई – धनकुटा, प्रेमकुमार राई – भोजपुर, मनवीर राई – सोलुखुम्बु, राजकिशोर यादव – धनुषा, इश्वरचन्द्र पोखरेल – दोलखा, नेत्रराज पौडेल – धादिङ, कृष्ण राई – काठमाडौं, बचन देउजा – भक्तपुर, हरिकृष्ण ब्यन्जनकार – ललितपुर, कृष्ण थापा – कास्की, केदार सिग्देल – तनहुँ, रोशन गाहामगर – पूर्व नवलपरासी, चन्द्रमोहन गौचन – मुस्ताङ, पाल्देन छोपाङ गुरुङ – मनाङ, मधुकृष्ण पन्त – गुल्मी, चेतनारायण आचार्य – अर्घाखाँची, नारायण आचार्य – पाल्पा, शिवराज सुवेदी – रुपन्देही, झविलाल पोखरेल – कपिलवस्तु, रविन्द्र शर्मा – दैलेख, गोविन्द पुन – सल्लयान, कालिबहादुर शाही – बाजुरा, चक्र मल्ल – डोटी र सुरेन्द्र पाल – बैतडी ।
नेपाल पक्ष; राम राना – इलाम, लक्ष्मण तिवारी – तेह्रथुम, हेमराज घिमिरे – संखुवासभा, रेवती पन्थ – सर्लाही, कमल यादव – रौतहट, प्रभु हजारा – पर्सा, मुनु सिग्देल – मकवानपुर, कर्न्याल तमाङ – रसुवा, झम्क नेपाल – सिन्धुपाल्चोक, इन्द्रलाल सापकोटा – बागुलङ, तुलसी राम शर्मा – प्युठान, टिकाराम खड्का – दाङ, ध्रुव शाही – सुर्खेत, दत्तबहादुर रोकया – डोल्पा, शेरबहादुर कुँवर – अछाम र रतन थापा – कैलाली ।
तत्कालीन माओवादीबाट ३३ जिल्ला
ताप्लेजुङ – खेलप्रसाद बुढाथोकी, सुनसरी – रामकुमारी चौधरी, उदयपुर – विनोद कटुवाल दिवश, खोटाङ – देवान चाम्लिङ, ओखलढुंगा – मोहन कुमार खड्का, बारा – गोपाल ठाकुर, सर्लाही – डाचाराज वाग्ले, धनुषा – जोखकुमार बर्बरीया, सिरहा – रामकुमार यादव, चितवन – यमवहादुर परियार, सिन्धुली – राजन दाहाल, नुवाकोट – हिरानाथ खतिवडा, काभ्रे – रुकु चौलागाई, रामेछाप – मैनकुमार मोक्तान ९मदन०, गोरखा – जगन्नाथ खनाल, लमजुङ – मधुमाया अधिकारी, म्याग्दी – गोविन्द पौडेल, स्याङजा – पारस गैरे, बांके – आइपी खरेल, बर्दिया – भवनकुमार थारु, रोल्पा – सुरेन्द्र थापा धु्रव, पूर्वी रुकुम – मेघबहादुर श्रेष्ठ, नवलपरासी – राजुप्रसाद हरिजन, रुकुम पश्चिम – गोपाल शर्मा, जाजरकोट – ढकविर राना, जुम्ला – सुरेश पहाडी, हुम्ला – विजय भण्डारी, कालिकोट – दुर्गबहादुर रावत, मुगु – सुखवीर बुढा, दार्चुला – गणेश खत्री, डडेलधुरा – मानसिंह माल, कञ्चनपुर – वीरबहादुर थापा र वझाङ – कलकबहादुर खड्का ।।
जिल्ला सचिवहरु
तत्कालीन एमालेबाट ३३ जिल्ला ९ओलीपक्ष ११ तथा नेपालपक्ष २२०
ताप्लेजुङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सप्तरी, सिराहा, महोत्तरी, बारा, रामेछाप, सिन्धुली, चितनव, काभ्रे, नुवाकोट, गोरखा, स्याङ्जा, म्याग्दी, लम्जुङ, नवलपरासी, बाँके, बर्दिया, रोल्पा, पूर्वी रुकुम, मुगु, कालीकोट, हुम्ला, जाजरकोट, पश्चिम रुकुम, बझाङ, कञ्चनपुर, डडेलधुरा र दार्चुला ।
तत्कालीन माओवादीबाट ४४ जिल्ला
पाँचथर, झापा, मोरङ, धनकुटा, भोजपुर, सोलुखुम्बु, धनुषा, दोलखा, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, तनहुँ, पूर्व नवलपरासी, मुस्ताङ, मनाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दैलेख, सल्यान, बाजुरा, डोटी, बैतडी, इलाम, तेह्रथुम, संखुवासभा, सर्लाही, रौतहट, पर्सा, मकवानपुर, रसुवा, सिन्धुपाल्चोक, बागुलङ, प्युठान, दाङ, सुर्खेत, डोल्पा, अछाम र कैलाली ।
साभारः नागरिक खबर