काठमाडौँ । अहिले देभभर भारी वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानै देखि वागमति, प्रदेश २, कर्णाली प्रदेश, सूदुरपश्चिमलगायतका बिभिन्न भूभागमा अहिले भारी वर्षा भइरहेकाले विाषेश सजकता अपानाउनु पर्नेछ ।
आज दिनभर काठमाडौँ उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन गरिएको छ । विण्णुमती, मनोहारा, हुनमन्ते, नख्खुलगायत क्षेत्रमा पानीको वहाव सतर्कता नजिक पुगेका कारण अबको ३ घण्टा सतर्क रहन विभागले अनुरोध गरेको छ ।
डढेलधुरा जिल्लाको रंघुन नदीजलाधारमा भारी वर्षा भइरहेका कारण थप वर्षा हुने देखिएकाले रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा बाढीको सम्भावना छ । तटिय क्षेत्रमा आज विहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने देखिएको विभागले जनाएको छ ।
विभागका मौशमविद् गंगा नगरकोटीका अनुसार आज कर्णाली नदी, सेती, राप्ती र देशभरका नदी तथा खालाकामे बहाव निकै बढ्न सक्ने भएकाले त्यस क्षेत्रका नागरिकलाई विषेश सावधानी अपनाउन आग्रह गरेकी छन् ।
आज बिहानै देखि बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने देखिएको छ । नदी किनार र डुवान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहन विभागले भनेको छ ।
त्यसैगरी परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने भएकोले आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा बिहान १० बजेसम्म सतर्क रहनुपर्ने विभागले भनेको छ ।