हस्त बुढा
जुम्ला । जिल्लका अर्गानिक स्याउ नपाक्दै बजारमा ल्याउन थालेका छन् । स्थानिय तहले गरेको निर्णय उल्लघन गर्दै किसानले काँचो स्याउ विक्री गरेको पाइएको छ ।
भदौ दोस्रो सातापछि मात्र जुम्लाबाट स्याउ निर्यात गर्न पाईने निर्णय गरेपनि लुकिछिपी किसान र व्यापारी मिलेर नपाक्दै जुम्ली स्याउ बजारमा पुराइएको हो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा,“ स्याउ पाक्न १२ प्रतिशत गुलियोपना हुनुपर्छ । ७० प्रतिशत कलर चढिसकेको हुनुपर्छ । भने, ६५ देखि ५५ एमएम सम्मको दाना हुनु पर्छ,त्यसपछि मात्रै बिक्रिका हुने हो ।” उनले भने, किसान र व्यापारीले पछि मुल्य कम पाउने र शुरुमै पठाउँदा मुल्य बढी पाउने आशाले धमाधम स्याउ निर्यात गरिरहेको छ । दुई स्थानीय तहबाट करिब ६० देखि ७० टन सम्म नपाकेको स्याउ बजार सम्म पुगिसकेको बताए ।
कृषि शाखाले भदौ १० गते पछि सिफारीस दिने र भदौ दोस्रो साता १५ गतेपछि मात्र स्याउ टिप्ने सूचना गरिएको थियो । तर तातोपानी र तिला गाउँपालिकाका वडाध्यक्षहरुले मनपरी गदै ढुवानीको लागि सिफारीस दिदा काचो स्याउ निर्याता रोक्न नसकिएको देवकोटा जानकारि दिए ।
जुम्ली स्याउको गुणस्तरीय, अर्गानिक पहिचान माथि प्रश्नचिन्ह उठने कृषि विज्ञ बताउँछन् ।
यस बर्ष ५० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने,“गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको थियो ।” यश बर्ष करिब साढे ५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ । भने, एकातर्फ स्याउ उत्पादन दोब्बरले घटेको छ ।
गत वर्ष मात्रै १५र२० लाखको स्याउमा कारोबार गरेका स्याउ किसान रामसिंह रावल यस वर्ष असिना पानी, खडेरी र कालो तुसारोका कारणले स्याउ उत्पादन ५० प्रतिशतले घट्यो । भने,यस वर्षमा ५र६ लाखको कारोबार गर्न पनि नसकिने देखियो बताए ।
जुम्लाका १९ हजार घरधुरी मध्य १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको सरकारी तथ्यांक छ । आर्थिक वर्ष २०७४र७५ मा १६ करोड बराबरको स्याउ निर्यात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७५र०७६ मा १७ करोड स्याउबाट जुम्ला भित्रिएको थियो । भने, आर्थिक वर्ष २०७६र०७७ मा दुई आर्थिक वर्षकै दोब्बरले ३४ करोडको स्याउ निर्यात भयो ।