कार्तिक ७, श्रीनगर (हुम्ला) । विज्ञानका अघि दैविय शक्तीलाई सामान्य ठानिएका वेला हुम्लाका दुई देवताका धामीले तिन जिल्लाका दर्शालुलाई चकित पार्दै फलामको सोटो (लठ्ठी) भाँचेका छन् ।
कोजाग्रत र्पुणिमाको दिन आज हुम्लाको अदानचुली गाउँपालिकाको माझखाडा श्रीनगरमा स्थानीय मष्टा देवताका धामी रामे पार्कीले आप्mनो नाच (नृत्य) प्रर्दशन गर्ने क्रममा दैविय शक्ती प्रदर्शन गर्दै १० ईन्ची मोटाईको फलामे सोटो (लठ्ठी) भाँचेका छन् ।
शुरु देखिनै देवता चढेर निकै असामान्य स्वरुपमा नृत्य प्रर्दशन गरेका पार्कीले फलामको सोटो (लठ्ठी) का दुई टुक्रा बनाएका हुन ।
पार्कीले उपस्थित हुम्ला, मुगु र बाजुराका धार्मिक दर्शकलाई चकित बनाउँदै फलामको लठ्ठी आप्mै कम्मरमा तेस्र्याएर भाँचेपछि निकै हौसिएका अन्य देवताका धामीमध्येका अदानचुली २ स्थित गणेश देवताका धामी ४० वर्षिया कालीबहादुर बुढालेपनि आफूले प्रयोग गर्दै आएको १२ इन्च मोटाई भएको अर्को फलामको सोटो (लठ्ठी) भाँचेर स्थानीय दर्शालुलाई थप चकित बनाएका छन् ।
गाउँमा देवता नभएको भन्ने खबर चलाइएका बेला हुम्लाको अदानचुलीका देवताले देखाएको दैवियशक्तीले देवतामा अँझै शक्ती भएको प्रष्ट पारेको अदानचुली १ स्थित जनकल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक परबहादुर थापाले बताए ।
आफूले बोकेर लिन समेत गह्रुगो हुने फलामको उक्त लठ्ठीलाई नाच प्रर्दशन गर्दागर्दै कम्मरमै भाँच्नुले वास्तवमै हुम्लाका देवतामा दैविय शक्ती भएको प्रमाणीत भएको उनले दावी गरे ।
वर्षको सबैभन्दा अन्तिम र ठूलो पर्वका रुपमा मनाईने कोजाग्रत पूर्णिमाको अवसरमा अहिले हुम्लाको अदानचुली २ को माझखाडा, फडेरागाउँ, थापागाउँमा स्थानीय देवताका धामीले आप्mनो शक्ती प्रदर्शन गर्नुका साथै नाच समेत देखाइरहेका छन् ।