भरतपुर । चितवन जिल्लाको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४५ सहित अन्य तीन जिल्लाका गरी थप ५२ जनामा कोरोना सङ्क्रमणपुष्टि भएको छ ।
हिजो भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तैहिजै भरतपुर १० स्थित रहेको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमणपुष्टि भएको छ ।
यसरी दुईवटा प्रयोगशालामा गरी थप ५२ जनामा कोरोना सङ्क्रमणपुष्टि भएको हो । सङ्क्रमित हुनेहरूमा भरतपुर महानगरपालिका १, २, ३, ७, ८, ९, १०, ११, १४ र २२ नम्बर वडाका गरी १४ देखि ६६ वर्ष उमेर समूहका ९ जना पुरूष र ९ जना महिला सहित १८ जना छन् ।
यस्तै रत्ननगर नगरपालिका ४, ६, ९, १०, १२ र १५ नम्वर वडाका १९ देखि ५३ वर्ष उमेर समूहका ५ जना पुरूष र ३ जना महिलागरि ८ जना छन् । यस्तै माडी नगरपालिका– ६ र ७ नम्बर वडाका ५ महिने बालकसहित ५ जना पुरुष र ४ जना महिलागरि ९ जनामा रहेका छन् ।
क्वारेन्टिनमा रहेका ती बालकको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो ।यसैगरि जिल्ला बाहिरका तनहुँका २ जना पुरूष, पूर्वी नवलपरासीका ३ जना पुरूष र सर्लाहीका एक जना महिला र एक जना पुरूष रहेका छन् ।