जीवन कैला
कोल्टी । बाजुराको कोल्टी क्षेत्रमा खाद्य संकट भएको २ महिना भईसके पनि चामल ढुवानि हुन सकिरहेको छैन । तर मदिरा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ ।
कोरानाको संकटका समयमा मदिरा जन्य र सुर्ति जन्य प्रदार्थ ढुवानीमा रोक लगाए पनि बाजुराको कोल्टि एरपोटमा भने खुलम खुल्लामदिरा ढुवानी भइरहेको हो । कोल्टि एरपोटमा दैनिक सात फलाइट सम्म हुने गरेका छन् । तिन चार फलाइटमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उडयन कार्यलय बाजुराका निमित्त प्रमुख प्रसाद पौडेलले बताए ।
प्रति केजी ७५ देखी १ सय रुपैयाँ सम्म जहाजमा ब्यापारिहरुको मदिरा लगाएत दैनिक उपभोग्य वस्तु चाउचाउ विस्कुट ढुवानी गरेर बाजुराको कोल्टिमा जहाजमा ल्याउने गरेका समिट एयरका कोल्टी स्टेसन प्रमुख विनोद कुमार सिँहले जानकारी दिए ।
नेपालगञ्ज, सुर्खेतबाट सिता, समिट र तारा एयरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजबाट कोल्टि चार्टर गरेर मदिरा आउने गरेको बताईएको छ । मदिरा बाजुराका चार वटा स्थानिय तह, कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाका स्थानिय बजारमा जाने गरेको वताएका छन् ।
स्थानिय बजारमा खाद्यन्न अभाब रहेको लामो समय भएपनि समयमा चामल ढुवानि हुन सकिरहेको छैन । तर मदिरा भने फालाफाला पाइने गरेको बुढिनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले बताउनुभयो । नागरिक उडयन कार्यलय कोल्टि बाजुराका अनुसार १ महिनामा १सय ६० उडान कोल्टि बिमान स्थलमा भएका छन् ।
६० प्रतिशत भन्दा बढि उडानमा मदिरा नै ढुवानी भएको कार्यलयले जनाएको छ । १ सय ६० उडानमा ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको मध्ये धेरै मदिरा मात्र भएको कार्यलयले जनाएको छ । यता बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने मदिरा प्रतिवन्धका लागि बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्ने वताए ।