काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण दुग्ध व्यवसायीहरुले २० अर्व रुपैयाँ बराबरको नोक्सानी व्यहोरेका छन्।
नेपाल डेरी एसोसियसनका अधयक्ष राधाकृष्ण सापकोटाले कोरोना भाइरस माहामारीको नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधज्ञाका कारण दुग्ध व्यवसायीहरुले २० अर्ब रुपैयाँ बराबरको नोक्सानी ब्येहोरेको जानकारी दिए।
उनले नोक्सानी धेरै भए पनि आफूँहरुले सेवा दिइरहेको बताए। सहज दिनहरुमा दैनिक करिब ६२ लाख लिटर दुध उत्पादन हुन्थ्यो भने हाल बजारसम्म करिब ३१ लख दुध जाने गरेको उनले बताए।
यस महामारीका कारण डेरी तथा उद्योग क्षेत्रको ६० प्रतिशत बजार गुमेको उनले बताए। उनले भने, ‘झट्ट हेर्दा लडाउन तथा निषेधाज्ञाका बेला पनि व्यवसाय चलिरहेको देखिन्छ।
अरुले हेर्दा भाग्मानी ठान्छन् हामीलाई। तर त्यसो होइन। जुन रुपमा उद्योग सञ्चालन हुनुपर्ने हो त्यसको ३०–३५ प्रतिशतमा चलिरहेका छन्। त्यस कारण हाम्रो सञ्चालन घाटा एकदमै धेरै छ।’
उनका अनुसार केही मात्र उद्योग सञ्चान भए पनि हामीले कर्मचारीहरुलाई पूर्ण रुपमा तलब दिनुपर्छ।
यस्तै उनले उद्योगी व्यवसायीसँगै किसानहरु पनि निकै मारमा परेको बताए। ‘किसानहरुले पनि आफ्ना उत्पादनहरु बजारसम्म पुर्याउन पाएका छैनन्’ उनले भने, ‘बजार पाएका किसानहरुले भुक्रानी पाएका छैनन्। अहिले सबैको अवस्था उस्तै छ।’ किसानहरुले अहिले सबैको मार्का बुझेको उनले बताए।
किसानहरुलाई दिने भनेका सुविधा पनि नदिएको उनको भनाइ छ। यसैगरी सरकारले सबैको अवस्थालाई मधयनजर कोारेना भाइरसँग लड्ने कडा मापदण्ड तोकी निषेधाज्ञा खुकुलो बनाउनु पर्ने बताए।
‘यहाँ अब हरेक मानिस रोगले होइन भोकले मर्छ’ उनले भने, ‘उद्योग व्यवसाय पनि ठप्प अवस्थामा छन्।