कार्तिक १०, श्रीनगर (हुम्ला) । दैवियशक्ती प्रति कम विश्वाश गरिरहेका बेला हुम्लाको अदानचुलीका देवताका धामीले एकपछि अर्को चकित पार्ने काम गर्न थालेका छन् ।
कोजाग्रत पूर्णिमाको अवसरमा एकै दिन दुई जना देवताका धामीले फलामको सोटो भाँचेको एक साता नबितदै पुन अदानचुली ३ का अर्का देवताका धामीले अर्को चकित पार्ने काम गरेका छन् ।
अदानचुली ३ का सर्कि देबताका धामी रत्न दमाईले आफ्नो पुजाआजा गर्ने स्थलमा सबै दर्शालुलाई चकित पार्दै देवताको पुजाआजा गर्न चिउला (पुरी) पकाइरहेको तातो तेल खाएर उपस्थित दर्शालुलाई चकित पारेका छन् ।
देवता आएर निकै चकित पारेका धामी दमाइले अदानचुली ३ को सर्किको मन्दिरमा गाउँलेले पुरी पकाइरहेको अवस्थाको करिब ३० घण्ट पुरी पाकिरहेको तातो तेल पिएर निकै चकित पारेका छन् । (हेर्नुहोस् भिडियो)
पुजा गरिरहेको वेला तातो तेल खाएको वेला पुजा आजा गर्ने मन्दीर नजिकैको ढुंगामा गाई र गाईको बाछो कराउँदै गरेको बताएका सर्किकका डाँगर (पुजारी) अजौजे दमाइले नेपालबोटसँग भने, “आफूलाई अचम्मीत पादै मन्दिर भएकै ठाउँँबाट बाफआउँदै गरेको २ सय ५० मिलिलिटर दुध समेत निकाले ।” धामीले निकालेकै दुध मन्दिरमा चढाएको बताएका दमाइले आफूले प्रत्यक्ष आँखाले देखेको दावी गरे ।
वैद्धीक युगमा उक्त स्थलमा भएका गाई र बाच्छा अंकित दुई ढुङ्गा देवताका रुपमा प्रकट भएका थिए ।
मन्दिरमा कसैले कुनै प्रकारको बिमान गरे गाई र बाच्छा आफै बिलाएर ढुंगामा परिणत भएको ६४ वर्षिया मुनसिंह दमाईले बताए । उनका अनुशार धामीलाई दैविय शक्ती पैदा भएको समयमा उक्त ढुङ्गाको छेउमा बसी कसैलाइृ बोल्न नदिएर बाजा बजाउनेलाई बाजा बजाउने आदेश दिदैं आफू पैदलै गएका धामीले शरिरका सबै बस्त्र खोलेका थिए । सेतो कछाड र तातो तेल पिएर सकिएको खाली घाँट (घण्ट) लिएपछि ढुंगाको छेउमा सेतो कपडा भित्र ढुलो स्वरमा गाई र बाछाको आवाज आएको सुनेर दर्शकहरु चकित पार्दै तातो बाफ आउँदै गरेको दुध लिएर धामी बाहिर निस्केपछि उपस्थित दर्शालु अझ झन चकित परेको ५० वर्षिया हरीचन्द्र भण्डारीले बताए । उनले भने, “यस्तो शक्ति मैले ईतिहाँसमै पहिलो पटक देखें ।”
तातो तेल, गाई र बाछाको आवाज अनी तातो दुध दोहेर ल्याएकोले अहिलेपनि दैवियशक्ती भएको विश्वाश मानेका भण्डारीले यो घटनालेदेवता छैनन् भन्नेलाई राम्रो नमुना भएको बताए ।