नेपाली कांग्रेसले अाज शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
चियापान कार्यक्रम दिउँसाे १ बजेदेखि बेलुकी ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भबन बीपीनगर, ललितपुरमा हुने कांग्रेसले जनाएकाे छ ।
यस वर्षकाे विजयादशमी, दीपावली, नेपाल सम्वत्, छठ लगायत पर्वहरुको अवसरमा अायाेजना गरिएकाे चियापानमा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकार मन्त्री परिषद्का सदस्यहरु, माननीय सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, उधोगपति एवंम् व्यवसायीहरु, पेशागत एवं वुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानवअधिकारकर्मीहरु, संञ्चार गृहहरु, पत्रकारहरु, गैरआवासीय नेपालीहरुको संघसंस्थाका प्रमुखहरु लगायतका सबै महानुभावहरु, नेपाली कांग्रेस सदस्यहरु एवम् शुभेच्छुकहरु सबैलार्इ अामन्त्रण गरिएकाे नेपाली कांग्रेसले बताएकाे छ ।
एक लाखलाई निम्ता
प्रमुख प्रतिपक्ष कांग्रेसले दसैं–तिहारलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख जनालाई निम्तो दिइएको पार्टीले जनाएको छ ।
उपत्यकामा ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्ला सदरमुकाममा अपराह्न १ देखि साँझ ५ बजेसम्म चियापान चल्नेछ । २०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि पार्टीले हरेक वर्ष चियापान आयोजना गर्दै आएको छ ।
वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले जलपान समारोह गरी शुभकामना आदान-प्रदान गर्ने परम्परा बसालेकाे हाे ।