काठमाडैं । कोरोना भाइरसबाट संक्रमित नेपाली कांगैुसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ ।
दुई साता अघि संक्रमित भएका नेता विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि चिकित्सकहरुको सल्लाह अनुसार आज भेन्टिलेटरमा सारिएको हो ।
अहिले उनलाई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको छ। कात्तिक १ गते ५३ वर्षीय पूर्ववाणिज्य मन्त्री तथा कांग्रेस नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएको ८ दिन नेता विश्वकर्मा होम आइसोलेसन बसे। होम आइसोलेसन बसेका विश्वकर्मालाई सास फेर्न असजिलो हुन थालेपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल पुर्याइयो। तीन दिनसम्म उनी वीर अस्पतालमै उपचाररत थए। तर, उनको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल सारिएको थियो।
अस्पतालले आइसीयुमा भए पनि विश्वकर्माको स्वास्थ्य स्थिति स्थीर रहेको बताउँदे आएको थियो। अस्पतालका निर्देशक डा। चक्रराज पाण्डेले विश्वकर्माको उपचारका लागि आफूहरुले सम्पूर्ण विधि प्रयोग गरिसकेका बताएका छन्। डा. पाण्डेका अनुसार शनिबार दिउँसो भने उनको स्वास्थ्य स्थिति खस्किँदै गएपछि उनलाई भेन्टिलेटरमा सारिएको छ।
‘केही दिनदेखि उहाँको स्वास्थ्य स्थिति अपठ्यारो नै थियो। भेन्टिलेटरमा जाला कि भन्ने डर थियो हामीलाई। पहिला पनि सामान्य अक्सिजन दिएर राखिएको थियो। उहाँलाई हामीले रेमडेसिभिर लगायत कोरोना भाइरसको उपचारका लागि सम्भावित सबै औषधीको प्रयोग गरिरसकेका छौँ। उहाँको स्वास्थ्य स्थिति स्थीर थियो’, उनले भने, ‘तर आज दिउँसो उहाँलाई धेरै गाह्रो भयो। अक्सिजन मेन्टेन गर्न हामीले सकेनौँ। त्यसैले अहिले भेन्टिलेटरमा राखेको छौँ।’
दलित संघका केन्द्रीय अध्यक्ष समेत रहेका नेता विश्वकर्माका श्रीमती एक छोरा र छोरी छन्।