काठमाडौं । विश्वलाई एकैसाथ थिलथिलो बनाएको कोरोना भाइरस (कोभिड १९) कै संक्रमणकाबीच शुरु भएको नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहारको अवसरमा राजधानी काठमाडौं मुख्य व्यापारिक केन्द्र असन, महाबौछ, नयाँ ससडक निकै व्यस्त छ ।
कोरोना संक्रमण बढ्दै जाँदा सबैतिर त्राशको स्थिति छ । तर, नेपालीहरुको घरदैलोमा आएको तिहारको अवसरमा दशैं भन्दा आवतजावत गर्नेको भिडं बढी देखिएको छ ।
भर्खरै बडादशैंलाई बिदाई गरेका नेपालीहरुको घरआँगनमा तिहार (दिपावली) को अवसरमा किलमेल गर्नेको संख्या दशैंको समयभन्दा निकै बढी देखिएको हो । दिपावलीको अवसरमा घर, पसल र आफू कसेको स्थानमा दिपावली गर्न विभिन्न रंगका बत्ति, भाई टिकाका लागि दिदि बहिनीले विभिन्न सामाग्री खरिद गर्नका लागि बजारको भिंड बढेको सम्बन्धित क्षेत्रका व्यापारिहरुले बताउने गरेका छन् ।
काठमाडौंको असाध्यै व्यस्त देखिने असन, नयाँ सडक र महाबौद्ध बजारमा अहिले किलनमेल गर्नेको निकै ठूलो भिंड छ । मान्छेहरुको बाक्लो उपस्थितीले पनि तिहारको किनमेल जारी छ ।
बजारमा आएका सबैजना घर जान हतारमा जोकोही ग्राह किनमेलमा व्यस्त देखिन्छन् । तिहार मुखैमा आएकोले गर्दा आफूलाई आवश्यक पर्ने सामग्री किन्नेहरुको भिड बाक्लो देखिन्छ ।
काठमाडौंका सडकमा सवारी साधानको पनि बाक्लो भिडं देखिन्छ । यसले पनि तिहारको अवसरमा किनमेल गर्नेको संख्या बढी भएको देखिन्छ । हामीले काठमाडौंको नयाँ सडक, असन, महाबौद्ध क्षेत्रमा दखिएको अवस्थालाई कैद गरेका छौं ।