काठमाडौं । कर्णाली प्रदेशको एकमात्र विश्व विद्यालयका रुपमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट आगामी मंसिर ३० गते काठमाडौं मा बस्ने भएको छ ।
विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपीशर्मा ओली पार्टी र सरकारको काममा देखिएको व्यवस्तताले सुर्खेत जान नसक्ने भएपछि विश्व विद्यालयको सिनेट काठमाडौंमै बस्ने भएको हो ।
'विश्व विद्यालयका कुलपति समेत रहनु भएका सम्मानीय प्रधानमन्त्री ज्यूसँगको भेटमा आगामी मंसिर ३० गते सिनेट बैठक काठमाडौंमै गरौ भन्ने निर्णय भएको छ', उपकुलपति डा. नन्द सिंहले नेपालबोटलाई भने, 'पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखएको विवाद र सरकारको कामको व्यवस्तताका कारण तत्काल सुर्खेत जाने समय नभएपछि बैठक काठमाण्डौमै बस्ने भएको हो ।'
कोरोजना भाइरसजस्तो महामारीका कारण देशका अन्य विश्वविद्यालयमा चालु को शैक्षिक शत्रको पढाइनै अलपत्र परेको बेला सबै कक्ष अनलाइनबाटै पढाउने सिमित विश्वविद्यालयका रुपमा चिनिएको मध्यपश्चिम विश्वविद्यालयको सिनेटका एजेण्डा र तयारी सबै भैसकेकाले निर्धारित समयमै प्रधानमन्त्रीको उपस्थितीमा बैठक बस्ने उपकुलपति सिंहले जानकारी दिए ।
सिनेटमा विश्वविद्यालयको चल अचल सम्पतिको रक्षा गर्नेदेखि अत्याधुनिक विश्वविद्यालय बनाउन आवश्इक पर्ने नीतिगत निर्णय देखि अन्य आवश्यक एजेण्डामा छलफल हुने बताइएको छ ।
'उपकुलपति सिंहका अनुसार शैक्षिक र प्रशासनिक सुधार गरिनुका साथै विश्वविद्यालयमा यो वर्षबाट नयाँ शैक्षिक कार्यक्रमहरु पनि थप गरिने छ', उनले थपे, 'कृषि तथा वन संकाय, मेडिकल साइन्स संकाय, अनुसन्धान विकास केन्द्र र ज्ञान सिप तथा प्रविधि सम्बन्धी कर्णाली शैक्षिक संस्थालगायतका शैक्षिक कार्यक्रम सुरु गर्नका लागि नितिगत निर्णय पनि यसै सिनेटबाट गरिने छ ।'