काठमाडौं । प्रतिनिधिसभा विघटनगर्नु पूर्व नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आप्mनै पार्टीका ९० जना सांसदले अविश्वाशको प्रस्ताव दर्ता गरेका थिए ।
पार्टी भित्रको विवादले उग्र रुप लिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहितका ९० जना सांसदले प्रधानमन्त्री विरुद्धको अविश्वाश प्रस्ताव तयारी गरेको खुलासा भएको छ । नेपालबोटलाई प्राप्त उक्त पत्रअनुशार सत्तारुढ दल नेकपाकै सांसदहरुले आप्mनै पार्टीको सरकार ढाल्न यस्तो प्रपञ्च रचेको खुलासा भएको हो ।
पार्टी भित्रका वरिष्ट नेताहरुकै संलग्नतामा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन सिफारिश गरेको प्रधानमन्त्री ओलीको दावी यो पत्रले पुष्टि भएको छ ।
प्रचण्ड, माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव तयार पारेको सूचना बालुवाटारमा पुगेको थियो । त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए ।
मन्त्रिपरिषद बैठक चलिरहेकै बेला अविश्वास प्रस्ताव लिएर भीम रावललगायतका नेकपा नेता संसद सचिवालय पुगेका थिए ।
अविश्वास प्रस्तावमा प्रधानमन्त्री सम्पूर्ण रुपमा असफल भएको भन्दै प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर निवेदन दर्ता गरिएको थियो । अविश्वास प्रस्ताव संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा दर्ता भएको थियो । त्यहीबेला मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको थियो ।
प्रधानमन्त्रीविद्धको अभियोग र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सूची हेर्नुहोस् ।