काठमाडौं । २०७४ मंसिर १० मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दुनियाँलाई छक्क पार्दै निर्वाचनको मत परिणामा आप्mनो पक्षमा पार्न सफल भएका हुम्लाका छक्कबहादुर लामाले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई छक्काएका छन् ।
तत्कालिन एकिकृत माओवादीको केन्द्रिय सल्लाहकार समितिमा रहेका लामाले पार्टीका अधिकारिक उम्मेदवार छिमिदोर्जे लामालाई नस्विकारेर स्वतन्त्र उम्मेरदारी दिएका लामालाई अल्मतमा पार्दै निर्वाचनको परिणामा हात पारेका लामासहित उनको पक्षमा लाग्ने मोआवादी हुम्लाका केही नेतालाई निर्वाचनताका तत्कालिन माओवादीले कारबाही गरेको थियो ।
मतपरिणामा सार्वजनिक भएपश्चात पार्टी अध्यक्ष प्रचण्डाको भिटो पावरले कारवाही मुक्त भएका लामाको जालमा तीन वर्षपछि अध्यक्ष प्रचण्ड परेका छन् ।
आइतबार संसद सचिवालयमा दर्ता भएको प्रधानमन्त्री ओली विरुद्धको अविश्वाशको प्रस्तावको ४३ नम्बरमा हस्ताक्षर गरेका (हेर्नुहोस् तस्बीर) लामाले स्ताक्षरको मसी सुक्न नपाउँदै आप्mनो निर्णयबाट परिवर्तन भएका छन् । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको आग्रहमा अविश्वाशको प्रस्तावमा हस्ताक्षर गरेका लामाले शनिबार वेलुका कर्णाली कोरीडोरको बाटोका सन्दर्भमा कुरा गर्ने बहानामा नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीलागयतका नेताहरुसँग प्रधानमन्त्री ओलीलाई भेटेपछि उनको प्रचण्ड छक्काउने चरणको शुरुवात भएको हो ।
“वालुवाटारमा प्रधानमन्त्री ओलीले तपाईले त मेरो विरुद्धको अविश्वासको प्रस्तावको ४३ नम्बरमा हस्ताक्षर गर्नु भएछ त छक्क जि भनेपछि लामा ओली समक्ष रातो पिरो भए” उक्त भेटमा सहभागि एक नेताले नेपालवोटलाई जानकारी दिदैं भने, “प्रधानमन्त्रीको उक्त भनाई पश्चात लामाले म तपाईकै पक्षमा छु, नपत्याए बोगटी जीलाई सोध्नुहोस् भन्दै बोगटीको नाममा आफूलाई ओलीको कित्तामा उभ्याए ।”
मन्त्रीको आश्वाशनले युटर्न भए छक्क
पूर्व माओवादीका ठूलो तप्का र पुर्व एमालेको समेत समर्थनमा स्वतन्त्रबाट निर्वाच जितेपछि प्रचण्डकै पहलमा पार्टीको कारबाही फूकुवा पाएका छक्कबहादुरलाई ओलीको मन्त्रीको प्रलोभनले लामो समयदेखिको प्रचण्डको साथ छोड्ने बनायो ।
मौकामा चौका हान्न उद्धत लामाले पछिल्लो घटनाक्रमलाई आप्mनो मन्त्रीको कुर्चिमा बस्ने मौकाका रुपमा प्रयोग गर्दा प्रचण्डले लगाएको गुन बिर्सेको पुर्वमाओवादी हुम्लाका एक नेताले बताए । आप्mनो नामा उल्लेख नगरेका ती नेतो भने, “आप्mनो अधिकांश समय वाम राजनीतिमा लगाएर पनि राजाको टिके मन्त्रीभएका छक्कले फेरी आफूकेन्द्रित राजनीतिलाई दोहोर्याएका छन् ।”
शनिबार वालुवाटारमा प्रधानमन्त्री ओलीको आश्वासन अनुसार एकैदिनमा कित्ता परिवर्तन गरेका लामा अहिले ओलीले आयोजना गरेको सांसदहरुको भेलामा सहभागि हुन वालुवाटार पुगेका छन् ।
पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको प्रति असन्तुष्ट व्यक्त गर्दै प्रचण्ड नेपाल समुहका सातजना मन्त्रीले सामुहकि राजनीनामा दिएपछि रिक्त मन्त्री पदमा लामालाई नियुक्त गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले नै दिएको बताइएको छ ।